सरकारको लक्ष्य विकास र समृद्धितर्फ हुनुपर्छ : वरिष्ठ नेता पौडेल « Khabarhub

सरकारको लक्ष्य विकास र समृद्धितर्फ हुनुपर्छ : वरिष्ठ नेता पौडेल


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती नदीमाथि निर्मित पक्की पुलको आज एक समारोहबीच उद्घाटन गरेका छन् ।

उनले तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतको व्यास नगरपालिका र निर्वाचन क्षेत्र नं २ अन्तर्गतको ऋषिङ गाउँपालिका जोड्ने सोडेस्थित सेती नदीमाथिको पक्की पुलको उद्घाटन गरेका हुन् । उक्त पुलले व्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–३ लाई जोड्छ ।

विसं २०७१ असार २९ गते सम्झौता भई विसं २०७७ वैशाख ३० गते उक्त पुलको निर्माण सम्पन्न भएको छ । रु १० करोड ७१ लाख २७८ लागत रहेको उक्त पुलको लम्बाइ १०५ मिटर रहेको छ ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले पुल निर्माणसँगै यस भेगको विकास निर्माणले गति लिने बताए ।

“गाउँबाट विचलित भएर भागिरहेको मनलाई गाउँमै फर्काउने अभियान निरन्तर सञ्चालन गरिरहनु पर्दछ”, उनले भने , “गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्छ । गाउँमा सेवा र सुविधा पु¥याएर गाउँमै बस्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।”

गाउँमै बिजुली, विद्यालय, सडक, खानेपानी पुगेपनि गाउँमा रोजगारी नपुगेकाले गाउँबाट मानिस शहर झर्ने क्रम शुरु भएको नेता पौडेलको भनाइ थियो ।

“अब गाउँमै रोजगारी र आम्दानीको अवस्था सिर्जना गर्नेतर्फ सबै सरकार लाग्नुपर्छ”, उनले भने ।

विगतमा देशको राजनीतिक व्यवस्थाको टुङ्गो नहुँदा देश अलमलमा परेपनि अब सबै व्यवस्था टुङ्गिसकेकाले अबको एउटै मात्र ध्यान विकास र समृद्धि हुनुपर्नेमा वरिष्ठ नेता पौडेलले जोड दिए ।

संविधानसभा सदस्य झुलबहादुर आले, गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक, सरिता गुरुङलगायतले पक्की पुल निर्माणसँगै यहाँका बासिन्दालाई कृषि उपज सामग्री बजारसम्म ल्याएर बिक्री गर्न सहज हुने बए ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ८ : ४१ बजे

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान