फाप्लु विमानस्थलका असई गुरुङको ड्यूटीकै क्रममा मृत्यु « Khabarhub

फाप्लु विमानस्थलका असई गुरुङको ड्यूटीकै क्रममा मृत्यु


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुमा ड्यूटीमा खटिएका एक प्रहरीको निधन भएको छ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका घर भएका ५० वर्षिय चित्रबहादुर गुरुङको ड्यूटीकै क्रममा निधन भएको हो।

प्रहरी सहायक निरिक्षक पदमा फाप्लु विमानस्थल सुरक्षा गार्ड ईन्चार्ज रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो ।

ड्यूटीकै क्रममा अचानक बेहोस भई ढलेका उनलाई फाप्लु अस्पताल पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको हृदयघातले निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शवलाई आफन्तको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ९ : ३२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु