राहदानी नवीकरण गर्न साउदीको दमाममा अस्थायी कार्यालय सञ्चालन « Khabarhub

राहदानी नवीकरण गर्न साउदीको दमाममा अस्थायी कार्यालय सञ्चालन


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै साउदीस्थित नेपाली दूतावासले आगामी डिसेम्बर ४ तारिखसम्म राहदानी नवीकरण लगायतका सेवा उपलब्ध गराउन दमाममा अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ ।

दूतावासले एक सूचना जारी गर्दै रियाद भन्दा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नवीकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी कार्यालय राखेर सेवा दिन लागेको जनाएको हो ।

दूतावासले जारी गरेको लिष्टमा नाम भएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि शुक्रबार बिहान ८ बजेदेखि मुगल रेस्टुरेन्ट दमाम (पुरानो अल खयाम रेस्टुरेन्ट) मा उपस्थिति हुन् अनुरोध गरेको छ ।

दूतावासले प्रकाशन गरेको लिष्ट, यसअघि रदूतावासले विभिन्न मितिमा जारी गरेका सूचनाको आधारमा अनलाइन फाराम भरी पठाएका सेवाग्राहीहरूले मात्र रहेको जनाएको छ ।

राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरूः

१. सक्कल राहदानी
२. राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
३. नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)

राहदानी नवीकरण शुल्क २०० साउदी रियाल लाग्ने छ भने
हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए ४००
साउदी रियाल लाग्ने दूतावासले जनाएको छ ।

साथै, कोभिड-१९ महामारीको विद्यमान अवस्था एवम् सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम संकलन गर्नुपर्ने भएकोले एक घण्टामा १० देखि १२ वटा मात्र राहदानी आवेदन संकलन गर्न सकिने हुँदा संलग्न लिष्टमा नाम भएकाहरूले आफ्नो सिरियल नम्बर बमोजिम आ-आफ्नो समयमा मात्र राहदानी आवेदन संकलन केन्द्रमा उपस्थित समेत दूतावासले अनुरोध छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ११ : ०६ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४