स्वस्थ र सुरक्षित खानाको लागि जान्नै पर्ने पाँच कुरा « Khabarhub

स्वस्थ र सुरक्षित खानाको लागि जान्नै पर्ने पाँच कुरा


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्यका लागि घरबाहिर बजारमा बनाइका खाना राम्रो होइन भन्ने गरिन्छ । तर के घरभित्रै बनाएको खाना पूर्ण रुपमा स्वस्थ छ भनेर भन्न सकिन्छ ?

घरमै बनाएको खाना खाएर पनि कतिपय मानिस बिरामी पर्छन् । त्यसैले घर बाहिर होस् वा भित्र खाना स्वास्थ र सुरक्षित हुनका लागि बनाउने तरिका, भण्डारण गर्ने तरिका पकाउने मान्छेको सरसफाइ लगायतको कुरामा निर्भर हुन्छ ।

यसको मतलब तपाई सहि तरिकाले पकाउनु भएन भने घरकै खाना पनि अस्वास्थ बन्न सक्छ । त्यसैले आज हामी तपाईलाई खाना स्वास्थ र सुरक्षित बनाउने ५ तरिकाबारे जानकारी दिदै छौं ।

१.सरसफाइ राख्ने

खाना छदा र खाना बनाउदा सफा हुनेगरी हात धुनुपर्छ । यस्तै चर्पी गइसकेपछि साबुन पानीले हात धुनुपर्छ । भान्सामा दैनिक प्रयोग हुने सामाग्रीहरु जस्तै चपिङबोड, सिलौटो, खाना बनाउने तथा छोप्ने भाडाहरु सधै सफा हुनुपर्छ । भान्सा र खानेकुरामा किरा, मुसा, तथा अन्य जीव छिर्न दिनु हुँदैन ।

२. सुरक्षित पानी र खाद्य बस्तु मात्र प्रयोग गर्ने

तपाईले खाना बनाउने पानी कस्तो छ ? तपाईको खानाको स्वच्छता कायम गर्ने महत्पूर्ण पानी हुन्छ । त्यसैले तपाईको भान्सामा प्रयोग हुने पानी सफा र सुरक्षित हुनपर्छ । ताजा र पौष्टिक खाद्यवस्तुको प्रयोग गर्ने, प्रशोधन तथा तरकारी जस्ता नपकाई खाने खानालाई सफा र सुरक्षित पानीले धुने गर्नुपर्छ । यस्तै उपभोग्य मिति नघिसकेका खानेकुरा खानु हुँदैन र भान्सामा राख्नु पनि हुँदैन ।

३. राम्ररी पकाउने

तपाईले पकाएको खाना राम्रोसँग पाकेको छैन भने त्यसले तपाईको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ । त्यसैले माछा, मासु तथा अण्डा जस्ता खानेकुरालाई राम्ररी पकाउनु पर्छ । तरकारी, सुप तथा अन्य पेय खाद्यवस्तुलाई ७) डिग्री सेल्सियस तापक्रम भन्दा बढी तताउनु हुँदैन । माछा मासुलाई भने राम्रोसँग पाकेपछि मात्र खानुपर्छ । खानालाई राम्रोसँग तताएर मात्र खानुपर्छ ।

४. पकाएको र नपकाएको खाना छुट्टै राख्ने

नपकाएको माछा तथा मासु जस्ता खाद्य वस्तुलाई छुट्टाछुट्टै राख्नुपर्छ । नपाकाएका खानेकुराका निम्ति प्रयोग गर्ने चक्कु, चपिङबोड जस्ता सामग्रीहरु छुट्टै प्रयोग गर्नुपर्छ । पकाएको र नपकाएको खानेकुरालाई छुट्टै भाडामा राख्नुपर्छ ।

५ खानालाई सुरक्षित तापक्रममा राख्नुपर्छ

पकाएर राखेको खानालाई सामान्य तापक्रममा दुई घण्टा भन्दा बढी राख्नु हुँदैन । पकाएको तथा चाडै विग्रने खानालाई ५ डिग्री सेल्सियस भन्दा कम तापक्रममा रेफ्रिजिरेटरमा राख्नुपर्छ । पकाएर राखेको खानालाई धेरै समय फ्रिजमा राख्नु पनि हुँदैन । यस्तै चिसो राखेको खानालाई तत्काल नै तताउने र सामान्य तापक्रममा नराख्ने ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ९ : ३२ बजे

बल्खुमा भत्किएका संरचना प्राचीन होइनन् : पुरातत्व विभाग

काठमाडौं- काठमाडौंका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका

तिलगङ्गामा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै

काठमाडौं- काठमाडौं महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई

तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन

काठमाडौं- जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा