स्वस्थ र सुरक्षित खानाको लागि जान्नै पर्ने पाँच कुरा « Khabarhub

स्वस्थ र सुरक्षित खानाको लागि जान्नै पर्ने पाँच कुरा


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्यका लागि घरबाहिर बजारमा बनाइका खाना राम्रो होइन भन्ने गरिन्छ । तर के घरभित्रै बनाएको खाना पूर्ण रुपमा स्वस्थ छ भनेर भन्न सकिन्छ ?

घरमै बनाएको खाना खाएर पनि कतिपय मानिस बिरामी पर्छन् । त्यसैले घर बाहिर होस् वा भित्र खाना स्वास्थ र सुरक्षित हुनका लागि बनाउने तरिका, भण्डारण गर्ने तरिका पकाउने मान्छेको सरसफाइ लगायतको कुरामा निर्भर हुन्छ ।

यसको मतलब तपाई सहि तरिकाले पकाउनु भएन भने घरकै खाना पनि अस्वास्थ बन्न सक्छ । त्यसैले आज हामी तपाईलाई खाना स्वास्थ र सुरक्षित बनाउने ५ तरिकाबारे जानकारी दिदै छौं ।

१.सरसफाइ राख्ने

खाना छदा र खाना बनाउदा सफा हुनेगरी हात धुनुपर्छ । यस्तै चर्पी गइसकेपछि साबुन पानीले हात धुनुपर्छ । भान्सामा दैनिक प्रयोग हुने सामाग्रीहरु जस्तै चपिङबोड, सिलौटो, खाना बनाउने तथा छोप्ने भाडाहरु सधै सफा हुनुपर्छ । भान्सा र खानेकुरामा किरा, मुसा, तथा अन्य जीव छिर्न दिनु हुँदैन ।

२. सुरक्षित पानी र खाद्य बस्तु मात्र प्रयोग गर्ने

तपाईले खाना बनाउने पानी कस्तो छ ? तपाईको खानाको स्वच्छता कायम गर्ने महत्पूर्ण पानी हुन्छ । त्यसैले तपाईको भान्सामा प्रयोग हुने पानी सफा र सुरक्षित हुनपर्छ । ताजा र पौष्टिक खाद्यवस्तुको प्रयोग गर्ने, प्रशोधन तथा तरकारी जस्ता नपकाई खाने खानालाई सफा र सुरक्षित पानीले धुने गर्नुपर्छ । यस्तै उपभोग्य मिति नघिसकेका खानेकुरा खानु हुँदैन र भान्सामा राख्नु पनि हुँदैन ।

३. राम्ररी पकाउने

तपाईले पकाएको खाना राम्रोसँग पाकेको छैन भने त्यसले तपाईको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ । त्यसैले माछा, मासु तथा अण्डा जस्ता खानेकुरालाई राम्ररी पकाउनु पर्छ । तरकारी, सुप तथा अन्य पेय खाद्यवस्तुलाई ७) डिग्री सेल्सियस तापक्रम भन्दा बढी तताउनु हुँदैन । माछा मासुलाई भने राम्रोसँग पाकेपछि मात्र खानुपर्छ । खानालाई राम्रोसँग तताएर मात्र खानुपर्छ ।

४. पकाएको र नपकाएको खाना छुट्टै राख्ने

नपकाएको माछा तथा मासु जस्ता खाद्य वस्तुलाई छुट्टाछुट्टै राख्नुपर्छ । नपाकाएका खानेकुराका निम्ति प्रयोग गर्ने चक्कु, चपिङबोड जस्ता सामग्रीहरु छुट्टै प्रयोग गर्नुपर्छ । पकाएको र नपकाएको खानेकुरालाई छुट्टै भाडामा राख्नुपर्छ ।

५ खानालाई सुरक्षित तापक्रममा राख्नुपर्छ

पकाएर राखेको खानालाई सामान्य तापक्रममा दुई घण्टा भन्दा बढी राख्नु हुँदैन । पकाएको तथा चाडै विग्रने खानालाई ५ डिग्री सेल्सियस भन्दा कम तापक्रममा रेफ्रिजिरेटरमा राख्नुपर्छ । पकाएर राखेको खानालाई धेरै समय फ्रिजमा राख्नु पनि हुँदैन । यस्तै चिसो राखेको खानालाई तत्काल नै तताउने र सामान्य तापक्रममा नराख्ने ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ९ : ३२ बजे

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै