अक्षय कुमार बलिउडमा दशककै हिट हिरो ! « Khabarhub

अक्षय कुमार बलिउडमा दशककै हिट हिरो !


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२० शुरु भएसँगै २१ औं सताब्दीको दोस्रो दशक सकिएको छ ।

यो अवधिमा २१ औं सताब्दीको दोस्रो दशक समापन हुँदा कहाँ के भयो भन्ने बहस शुरु भएको छ । विज्ञानमा भएको प्रगति, सांगीतिक क्षेत्रमा भएका उत्तारचढाव तथा चलचित्रको व्यापार र कलाकारको भूमिका । यी र यस्तै विषयमा समीक्षा शुरु भएको छ ।

हामी चाँही बलिउडका कलाकारको प्रभाव यो दशकमा कस्तो रह्यो त्यसको छोटो समीक्षा गरौं ।

नयाँ वर्षसँगै प्रत्येक वर्ष बलिउडका फिल्म र कलाकारको समीक्षा हुन्छ । बलिउडको एक व्यापार विश्लेषण गर्ने साइट कोइमोइले यसअघि नै आमिर खानको फिल्म ‘दगंल’ लाई दशककै हिट घोषणा गरेको थियो।

यही साइटले अहिले अक्षय कुमार दशककै सबभन्दा सफल हिरोका रुपमा देखाएको छ ।

गएको दशकभरी प्रदर्शनमा आएका फिल्मको कमाइको हिसाब गर्दा अक्षय कुमारले अभिनय गरेका फिल्मको कमाइ सबभन्दा बढी भएको हो। यो दस वर्षमा आएका अक्षयका ३२ वटा फिल्मले कूल ३ हजार १ सय १८ करोडको व्यापार गरे।

१० वर्षमा ३ हजार करोडभन्दा बढीको व्यापार गर्ने हिरो पनि अक्षय कुमार मात्रै हुन्। उनको एउटा फिल्मले औषतमा ९७ करोड ४५ लाख कमाइ गरेका छन्।

कूल कमाइमा धेरै भए पनि प्रति फिल्म कमाइमा भने आमिर खान सबभन्दा अगाडि छन्। १० वर्षमा जम्मा ६ वटा फिल्ममा अभिनय गरेका आमिरका फिल्मले कूल १२ सय ५८ करोड कमाइ गरेका छन्। औषतमा उनको एउटा फिल्मले नै २ सय करोडभन्दा बढी कमाइ गरेका छन्।

थोरै फिल्म भएर पनि अक्षयभन्दा बढी व्यापार गर्नेमा सलमान खान अगाडि छन्। १० वर्षमा आएका सलमानका १५ फिल्मले नै झन्डै अक्षयको जति २ हजार ९ सय १८ करोडको व्यापार गरेका छन्। उनको फिल्मको व्यापार प्रतिफिल्म १ सय ९४ करोड ५६ लाख छ। सय करोड कमाउने फिल्म पनि सलमानकै सबभन्दा बढी छन्।

यो दशकमा शाहरुख खानका ११ र आमिर खानका ६ फिल्मको कमाई झन्डै बराबर छन्। शाहरुखका फिल्मले कूल १३ सय ७८ करोड व्यापार गरेका छन्। उनको प्रतिफिल्म औषत १ सय २५ करोड छ।

सय करोड क्लबमा पुगेका फिल्मको कमाइको हिसाबले बनाइएको पावरलिस्टमा अहिले सलमान खान एक नम्बरमा छन्। भने उनीपछि अक्षय कुमार, आमिर खान, अजय देवगन र शाहरुख खान छन्।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ७ : ५० बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती