जब बालकले आमालाई ठक्कर दिने कारमाथि आक्रोश पोख्दै लात्ती बजारे… « Khabarhub

जब बालकले आमालाई ठक्कर दिने कारमाथि आक्रोश पोख्दै लात्ती बजारे…


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कुनै पनि आमाका लागि आफ्ना सन्तान जति प्यारो हुन्छन् । बालबालिकाहरुका लागि आमाबाबु पनि उत्तिकै प्यारा लाग्छन् ।

हालै चीनमा भएको सडक दुर्घटनामा एक बालकले देखाएको आक्रोशले उनी आमाप्रति कति माया गर्ने रहेछन् भन्ने देखाउँछ । सडक पार गर्दै गरेको अवस्थमा कारले आमालाई ठक्कर दिएपछि ती बालकले बीच सडकमा कारमाथि लात्ती प्रहार गरे । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

चीनको दादुकू जिल्लास्थित चोंगकिंगमा एक महिला आफ्नो सानो बालक छोरासंग सडक पार गर्दै थिइन् । यत्तिकैमा पछाडिबाट आएको कारले ति महिलालाई ठक्कर दियो । कारको ठक्करका कारण उनि सडकमा पछारिइन् । आफ्नी आमालाई कारले ठक्कर दिएपछि ति बालक निकै आक्रोशित बने । उनले कारलाई एकाएक लात्ती प्रहार गरी आफ्नो रीस पोखे । हुनत आमासंगै ति बालक पनि सडकमा लडेका थिए ।

सीसीटीभी क्यामेरामा कैद भएको भिडियो आमासंगै लडेका ती बालक आफ्नो पर्वाह नगरी हतारहतार आमालाई उठाउँछन् । आमा ठिकै छिन् भन्ने आभाष भएपछि उनि कारतर्फ अघि बढ्छन् र कारमा जोडका साथ लात्तले हिर्काउन थाल्छन् । यतिकैमा ड्राइभर पनि कार बाहिर निस्किन्छन् । त्यसपछि बालक रुदै फेरी आमा भएतर्फ जान्छन् ।

ड्राइभरले आफ्नो गल्ती स्विकार्दै जम्मा भएका मानिसको सहायतामा घाइते महिलालाई कारमा बसाउछन् र अस्पताल लान्छन् । ति बालक पनि आमाको साथ कारमा बसि अस्पताल जान्छन् । अहिले बच्चा र आमा दुबै सकुशल रहेको जनाइएको छ ।

उक्त भिडियो भाइरल बनेपछि अधिकाशंले ति बालकको प्रशंसा गरेका छन् । बालकले पहिला आमाको अवस्था बुझेर प्रतिकियात्मक आक्रोश पोखेकोमा उक्त बालकको बहादुरीलाई धेरैले स्रहाना गरेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ५ : ४९ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा