जब बालकले आमालाई ठक्कर दिने कारमाथि आक्रोश पोख्दै लात्ती बजारे… « Khabarhub

जब बालकले आमालाई ठक्कर दिने कारमाथि आक्रोश पोख्दै लात्ती बजारे…


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि आमाका लागि आफ्ना सन्तान जति प्यारो हुन्छन् । बालबालिकाहरुका लागि आमाबाबु पनि उत्तिकै प्यारा लाग्छन् ।

हालै चीनमा भएको सडक दुर्घटनामा एक बालकले देखाएको आक्रोशले उनी आमाप्रति कति माया गर्ने रहेछन् भन्ने देखाउँछ । सडक पार गर्दै गरेको अवस्थमा कारले आमालाई ठक्कर दिएपछि ती बालकले बीच सडकमा कारमाथि लात्ती प्रहार गरे । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

चीनको दादुकू जिल्लास्थित चोंगकिंगमा एक महिला आफ्नो सानो बालक छोरासंग सडक पार गर्दै थिइन् । यत्तिकैमा पछाडिबाट आएको कारले ति महिलालाई ठक्कर दियो । कारको ठक्करका कारण उनि सडकमा पछारिइन् । आफ्नी आमालाई कारले ठक्कर दिएपछि ति बालक निकै आक्रोशित बने । उनले कारलाई एकाएक लात्ती प्रहार गरी आफ्नो रीस पोखे । हुनत आमासंगै ति बालक पनि सडकमा लडेका थिए ।

सीसीटीभी क्यामेरामा कैद भएको भिडियो आमासंगै लडेका ती बालक आफ्नो पर्वाह नगरी हतारहतार आमालाई उठाउँछन् । आमा ठिकै छिन् भन्ने आभाष भएपछि उनि कारतर्फ अघि बढ्छन् र कारमा जोडका साथ लात्तले हिर्काउन थाल्छन् । यतिकैमा ड्राइभर पनि कार बाहिर निस्किन्छन् । त्यसपछि बालक रुदै फेरी आमा भएतर्फ जान्छन् ।

ड्राइभरले आफ्नो गल्ती स्विकार्दै जम्मा भएका मानिसको सहायतामा घाइते महिलालाई कारमा बसाउछन् र अस्पताल लान्छन् । ति बालक पनि आमाको साथ कारमा बसि अस्पताल जान्छन् । अहिले बच्चा र आमा दुबै सकुशल रहेको जनाइएको छ ।

उक्त भिडियो भाइरल बनेपछि अधिकाशंले ति बालकको प्रशंसा गरेका छन् । बालकले पहिला आमाको अवस्था बुझेर प्रतिकियात्मक आक्रोश पोखेकोमा उक्त बालकको बहादुरीलाई धेरैले स्रहाना गरेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ५ : ४९ बजे

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल– दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,