५ महिनामा साढे ५ खर्ब व्यापार घाटा, ५ खर्ब ८१ अर्ब बराबरको आयात हुँदा ४७ अर्बको मात्र निर्यात « Khabarhub

५ महिनामा साढे ५ खर्ब व्यापार घाटा, ५ खर्ब ८१ अर्ब बराबरको आयात हुँदा ४७ अर्बको मात्र निर्यात


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा ६ खर्ब २८ अर्ब ८७ करोड रुपैयाँको व्यापार भएको भन्सार विभागको तथ्यांकमा जनाइएको छ ।

यो अवधिमा ५ खर्ब ३३ अर्ब ६४ करोडको व्यापार घाटा भएको छ । तथ्यांकअनुसार यसबीचमा ५ खर्ब ८१ अर्ब २५ करोड रुपैयाँको आयात भएको छ । निर्यात भने ४७ अर्ब ६१ करोड रुपैयाँको मात्रै भएको छ ।

भन्सार विभागको तथ्यांकले निर्यातमा सामान्य सुधार भएको देखाउँछ ।

पाँच महिनाको अवधिमा निर्यात व्यापार २६.९७ प्रतिशत बढेको छ । आयात व्यापार ४.२४ रुपैयाँले घटेको छ । आयात र निर्यातमा देखिएको सुधार भने प्रशोधित पाम तेलका कारण हो ।

चालू आर्थिक बर्षको सुरुदेखि नै महिना १ खर्ब रुपैयाँले आयात बढ्ने गरेको छ । चालू आर्थिक बर्षको पहिलो महिनामा १ खर्ब २० अर्ब ६१ करोड रुपैयाँको आयात भएको मा दोस्रो महिनामा १ खर्ब ८ अर्ब रुपैयाँ बढेर २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ ।

त्यसैगरि चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आयात १ खर्ब ५ अर्ब रुपैयाँ बढेर ३ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ पुगेको थियो । चौथो महिनासम्म आइपुग्दा आयात १ खर्ब १५ अर्ब ३४ करोड रुपैयाँ बढेर ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक बर्षको पाँच महिनाको अवधिमा १ खर्ब ३० अर्ब ९५ करोड रुपैयाँले आयात बढेर ५ खर्ब ८१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता शिशिर घिमिरेका अनुसार आयात बढ्नुको मुख्य कारण उपभोग्य वस्तु भएकोले आयातमा बढि देखिएको हो । ‘यो अवधिमा उपभोग्य वस्तुको आयात बढेको छ ।

सवारी र त्यसका लागि आवश्यक इन्धनको आयात पनि उल्लेख्य रूपमा बढेको छ,’ उनले भने, ‘जसले गर्दा आयात बढेको हो ।’ कतिपय वस्तु आयात नगरी नहुने खालका रहेको उनले बताए । पेट्रोलियम पदार्थ, सवारी साधनसँगै मेसिनरी र कृषिजन्य वस्तुको आयात बढ्दा त्यसले समग्र आयात–निर्यात व्यापारमा प्रभाव पार्ने गरेको देखिएको घिमिरेले बताए ।

चालू आर्थिक बर्षको पहिलो पाँच महिनाको अवधिमा भारतबाट सबैभन्दा बढी वस्तु आयात भएको पाइन्छ । भारतबाट ३ खर्ब ४९ अर्ब ६३ रुपैयाँको आयात भएमा निर्यात भने ३२ अर्ब ५६ करोड रुपैयाँको मात्रै छ । दोस्रोमा चीनबाट १ खर्ब २ अर्ब ४७ करोड रुपैयाँको आयात भएको छ । यस अवधिमा चीनमा ८६ करोड रुपैयाँको मात्रै निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

सबैभन्दा बढी वीरगन्ज भन्सार नाकाबाट १ खर्ब ९६ अर्ब ७० करोड रुपैयाँको आयात भएको छ । निर्यातमा पनि वीरगन्ज नाका नै अगाडि छ । यहाँबाट १४ अर्ब ५९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

आयातमा दोस्रोमा भैरहवा र त्यसपछि विराटनगर नाका रहेका छन्  । पाँच महिनाको अवधिमा भैरहवाबाट ९७ अर्ब ८५ करोड र विराटनगरबाट ६० अर्ब ६७ करोड रुपैयाँको आयात भएको छ । यी दुई नाकाबाट क्रमश १ अर्ब २४ करोड र १३ अर्ब ६७ करोड रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ ।

कृषि प्रदान देशमा कृषिको उत्पादनमा कमी, उद्योगहरुको कमीका कारण मेसिनरी र अन्य उपभोग्य सामाग्रीको खपत विदेशी वस्तु आयातको मुख्य कारण रहेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १२ : ५० बजे

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको

बढ्दो तनावबीच अमेरिकाले गर्‍यो खाडी मुलुकका दूतावास बन्द

एजेन्सी– बढ्दो तनावका बीचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी