कांग्रेस बैठक: राष्ट्रियसभा चुनावमा समाजवादी पार्टीसँग तालमेलबारे निर्णय गर्ने तयारी « Khabarhub

कांग्रेस बैठक: राष्ट्रियसभा चुनावमा समाजवादी पार्टीसँग तालमेलबारे निर्णय गर्ने तयारी


१७ पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

आज बस्ने बैठकमा माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा एक्लै जाने वा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग सहकार्य गर्ने भन्ने विषयमा समेत आजको बैठकबाट निष्कर्ष निकाल्ने तयारी कांग्रेसले गरेको छ । तर बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु भने सहभागी नहुने भएका छन् ।

देउवाले बोलाएको बैठकमा सहभागी नहुने मात्र होइन, असन्तुष्ट पक्षले समानान्तर बैठक नै बोलाएको छ ।
संस्थापन पक्षले दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाएको छ भने असन्तुष्ट पक्षले महामन्त्री डा शशांक कोइराला निवासमा बैठक बोलाएको छ ।

‘२ बजे केन्द्रीय समिति बैठक छ’ संस्थापन पक्षका नेता ज्ञानेन्द्र बहादुर कार्कीले भने,‘राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन, उपेन्द्र यादवजीको पार्टीसँगको तालमेल लगायतका विषयमा निर्णयमा पुग्ने कार्यक्रम रहेको छ ।’

पार्टीका वरिष्ठ नेता, महामन्त्रीसहितका नेताहरुले भने देउवाले बोलाएको बैठकमा सहभागी नहुने भनेर खबर पठाइसकेका छन् ।
‘उहाँहरुले(पौडेल पक्ष) बैठकमा सहभागी नहुने भनेर खबर गर्नु भएको छ’ नेता कार्कीले भने,‘केही साथीहरु आउनु भएन भनेर महत्वपूर्ण विषयलाई रोक्न मिल्दैन । बहुमतको आधारमा भएपनि अघि बढ्नुपर्ने हुन्छ ।’

राष्ट्रियसभा सदस्यको चुनाव आगामी माघ ९ गते हुँदैछ ।

उनन्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ ।
रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुने व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभाको माग ९ मा हुने चुनावमा १८ मध्ये १६ सिट नेकपाले जित्ने देखिएको छ । चुनावमा यसअघि जितेको सिट मध्ये कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउने भएका हुन् ।

नेकपा र राजपाबीच सहमति भएसँगै प्रदेश दुई बाट रिक्त हुने राष्ट्रिय सभाका चार सिटमा नेकपा र राजपाले २र२ सिट बाँडफाँट गरेका छन् । यससँगै राजपाले यसअघिको आफ्नो दुई सिट जोगाउने भएको छ ।

राष्ट्रिय सभामा रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसको १३ मध्ये ७, राजपाका २ मध्ये २ जनै र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि फागुन २० गते सकिन लागेपछि रिक्त हुने स्थानका लागि माघ ९ गते चुनाव हुन लागेको हो ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहिबार  २ : १२ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)