कांग्रेस बैठक: राष्ट्रियसभा चुनावमा समाजवादी पार्टीसँग तालमेलबारे निर्णय गर्ने तयारी « Khabarhub

कांग्रेस बैठक: राष्ट्रियसभा चुनावमा समाजवादी पार्टीसँग तालमेलबारे निर्णय गर्ने तयारी


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

आज बस्ने बैठकमा माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा एक्लै जाने वा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग सहकार्य गर्ने भन्ने विषयमा समेत आजको बैठकबाट निष्कर्ष निकाल्ने तयारी कांग्रेसले गरेको छ । तर बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु भने सहभागी नहुने भएका छन् ।

देउवाले बोलाएको बैठकमा सहभागी नहुने मात्र होइन, असन्तुष्ट पक्षले समानान्तर बैठक नै बोलाएको छ ।
संस्थापन पक्षले दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाएको छ भने असन्तुष्ट पक्षले महामन्त्री डा शशांक कोइराला निवासमा बैठक बोलाएको छ ।

‘२ बजे केन्द्रीय समिति बैठक छ’ संस्थापन पक्षका नेता ज्ञानेन्द्र बहादुर कार्कीले भने,‘राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन, उपेन्द्र यादवजीको पार्टीसँगको तालमेल लगायतका विषयमा निर्णयमा पुग्ने कार्यक्रम रहेको छ ।’

पार्टीका वरिष्ठ नेता, महामन्त्रीसहितका नेताहरुले भने देउवाले बोलाएको बैठकमा सहभागी नहुने भनेर खबर पठाइसकेका छन् ।
‘उहाँहरुले(पौडेल पक्ष) बैठकमा सहभागी नहुने भनेर खबर गर्नु भएको छ’ नेता कार्कीले भने,‘केही साथीहरु आउनु भएन भनेर महत्वपूर्ण विषयलाई रोक्न मिल्दैन । बहुमतको आधारमा भएपनि अघि बढ्नुपर्ने हुन्छ ।’

राष्ट्रियसभा सदस्यको चुनाव आगामी माघ ९ गते हुँदैछ ।

उनन्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ ।
रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुने व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभाको माग ९ मा हुने चुनावमा १८ मध्ये १६ सिट नेकपाले जित्ने देखिएको छ । चुनावमा यसअघि जितेको सिट मध्ये कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउने भएका हुन् ।

नेकपा र राजपाबीच सहमति भएसँगै प्रदेश दुई बाट रिक्त हुने राष्ट्रिय सभाका चार सिटमा नेकपा र राजपाले २र२ सिट बाँडफाँट गरेका छन् । यससँगै राजपाले यसअघिको आफ्नो दुई सिट जोगाउने भएको छ ।

राष्ट्रिय सभामा रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसको १३ मध्ये ७, राजपाका २ मध्ये २ जनै र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि फागुन २० गते सकिन लागेपछि रिक्त हुने स्थानका लागि माघ ९ गते चुनाव हुन लागेको हो ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  २ : १२ बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको