पेस्तोल र गोलीसहित दुई जना पक्राउ « Khabarhub

पेस्तोल र गोलीसहित दुई जना पक्राउ


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङको घोराही उपमहानगरपालिका प्रगतिटोल बडराबाट रोल्पा परिवर्तन गाउँपालिका-५ राङकोट घर भएका ३४ वर्षीय राजकुमार दमाईलाई कटुवा पेस्तोल १ थान र सो को गोली १ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका-१५ बीपी चोक बस्ने ४८ वर्षीय पुरुषलाई धम्की दिई १३ लाख रुपैयाँ चन्दा मागेको र पीडितले ३ लाख रुपैयाँ लिएर राजकुमारलाई भेट्न प्रगितिटोल बडरा गएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पिछा गर्दै उक्त हतियार र लु.५६ प ८०६७ नम्बरको मोटरसाइकलसहित फेला पारी राजकुमारलाई पक्राउ गरेको हो ।

त्यस्तै भोजपुर, हतुवागढी गाउँपालिका-९ भसुवाबाट चाइनिज पेस्तोलको ४ राउण्ड गोली सहित दैलेख दुल्लु नगरपालिका-२ बस्ने २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा थापालाई उक्त गोलीसहित फेला पारी नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ३ : १२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार

आज २०८२ साल मंसिर १५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार

संसद् विघटनबारे राष्ट्रपतिले सर्वाेच्चलाई दिएको जवाफमा के छ ?

काठमाडौँ- संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले २२ गतेलाई तारेख दिएको

प्रभु बैंकको कामु सीईओमा लम्साल

काठमाडौं- प्रभु बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त