पेस्तोल र गोलीसहित दुई जना पक्राउ « Khabarhub

पेस्तोल र गोलीसहित दुई जना पक्राउ


१७ पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङको घोराही उपमहानगरपालिका प्रगतिटोल बडराबाट रोल्पा परिवर्तन गाउँपालिका-५ राङकोट घर भएका ३४ वर्षीय राजकुमार दमाईलाई कटुवा पेस्तोल १ थान र सो को गोली १ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका-१५ बीपी चोक बस्ने ४८ वर्षीय पुरुषलाई धम्की दिई १३ लाख रुपैयाँ चन्दा मागेको र पीडितले ३ लाख रुपैयाँ लिएर राजकुमारलाई भेट्न प्रगितिटोल बडरा गएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पिछा गर्दै उक्त हतियार र लु.५६ प ८०६७ नम्बरको मोटरसाइकलसहित फेला पारी राजकुमारलाई पक्राउ गरेको हो ।

त्यस्तै भोजपुर, हतुवागढी गाउँपालिका-९ भसुवाबाट चाइनिज पेस्तोलको ४ राउण्ड गोली सहित दैलेख दुल्लु नगरपालिका-२ बस्ने २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा थापालाई उक्त गोलीसहित फेला पारी नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहिबार  ३ : १२ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले