नेपाली फिल्म निर्माण नहुँदा ‘स्टार’का हातमा छैनन् फिल्म « Khabarhub

नेपाली फिल्म निर्माण नहुँदा ‘स्टार’का हातमा छैनन् फिल्म


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अघिल्ला वर्ष हप्तामा ३ वटा पनि नेपाली फिल्म निर्माणको घोषणा गरिन्थे । ३ महिनामै फिल्म निर्माण हुने र प्रदर्शन पनि हुने कारण गत वर्ष धेरै सयभन्दा बढी फिल्म प्रदर्शनमा आए । यी फिल्मका कारण धेरै कलाकारले रोजगारी पाए ।

यस वर्ष भने तुलनात्मक रुपमा निकै कम फिल्म निर्माण भए । निर्माण मात्र होइन, घोषणा पनि उस्तै कम फिल्म मात्र भए । फिल्म निर्माणको घोषणा नहुँदा धेरै कलाकारले फिल्ममा काम पाएका छैनन् ।

विकल्पका रुपमा लिइने धेरैजसो कलाकार बेरोजगार बनेका छन् । यस वर्ष चर्चामा रहेर पनि नायिका प्रियंका कार्की, वर्षा राउत, आना शर्मा, मेनुका प्रधान, जसिता गुरुङ, रीमा विश्वकर्मा लगायत धेरैले फिल्ममा खासै काम पाएनन् । किनकि, फिल्म नै निकै कम निर्माण भएका छन् ।

जबकि, चर्चामा रहेका अनमोल केसी, साम्राज्ञी शाह, सलिन मान बानियाँ, सलोन बस्नेत, नाजिर हुसेन लगायतका कलाकारले पनि पर्याप्त स्किृप्ट पाएका छैनन् ।

यस वर्ष खासै चर्चामा नआएका फिल्ममा भने कलाकारले काम पाएका छन् । धेरै फिल्म निर्माण नहुँदा कलाकारले काम पाउनबाट वञ्चित त भएका छन् । तर, अर्को फाइदा के पनि भएको छ भने धेरै फिल्म नबन्दा निर्माताको लगानी भने बचेको छ ।

फिल्ममा लगानी गरेर धेरै निर्माता डुबेपछि अहिले भने नयाँ मेकर पनि फिल्ममा लगानी गर्न डराइरहेका छन् ।

एकातिर फिल्म निर्माण नहुनु र अर्कातिर निर्माण भई रिलिज भएका फिल्मले पनि दर्शक नपाउँदा फिल्म क्षेत्र धरापमा परेको फिल्म विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ५ : ४४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी