काँग्रेस बैठकः राष्ट्रियसभा उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई « Khabarhub

काँग्रेस बैठकः राष्ट्रियसभा उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिएको छ ।

पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले  राष्ट्रियसभा उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको हो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सहभागिता रहेको थिएन । गत मंसिर २६ गते यता पौडेल पक्षधर नेताहरु केन्द्रीय समिति बैठकमा अनुउपस्थित हुँदै आएका छन् । बुधबार साँझ बसेको पदाधिकारी बैठकमा पनि पौडेल पक्ष सहभागी भएको थिएन ।

राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ ।

जसमा १८ जना सदस्य निर्वाचित भएर आउने छन् । सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल आगामी फागुनमा समाप्त हुँदैछ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ६ : ५७ बजे

देशभर मनसुनी वर्षाको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एक रुपैयाँको सिक्कामा समेटिने भनिएको नयाँ नक्साबारे भारतीय मिडियामा चर्चा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले जारी गर्ने नयाँ सिक्कामा समेटिने

दीपेन्द्रसिंह ऐरीले क्यानडा सुपर ६० लिग खेल्ने : भ्यानकुभरले गर्‍यो अनुबन्ध

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर