रुकुममा हिमपात, चिसोले जनजीवन प्रभावित « Khabarhub

रुकुममा हिमपात, चिसोले जनजीवन प्रभावित


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुमपूर्वको उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएको छ ।

रुकुमपूर्वमा यस वर्ष भएको यो दोस्रो हिमपात हो । जिल्लाका उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात हुँदा जिल्लाको सबै ठाउँमा पानी परेको छ ।

पानी र हिमपातका कारण चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । प्रदेश नं ५ को एकमात्र हिमाली जिल्लाको रूपमा रहेको रुकुमपूर्व मङ्सिरको अन्तिम साता हिमपात भएको थियो ।

जिल्लाका विभिन्न ठाउँमा भएको हिमपात र वर्षाले किसान भने हर्षित भएका छन् । सिँचाइसुविधा नभएको र सधैँ आकाशे पानीको भरमा खेतीपाती गर्ने किसानलाई भने बेला–बेलामा हिमपातसँगै भएको वर्षाले ठूलो राहत मिल्ने गरेको सिस्ने गाउँपालिका वडा नं ५ का वसन्त बस्नेतले बताए ।

हिमपात तथा वर्षाले कतै मानिस खुशी भएका छन् त कतै चिसोले जनजीवन नै प्रभावित बन्न पुगेको छ । रुकुमपूर्व का सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न उच्च तथा लेकाली क्षेत्रमा भएको हिमपातले चिसो निकै बढेको स्थानीयवासीले बताएका छन् ।

हिमपात हुँदा मानिसलाई मात्र नभई पशुचौपायलाई पनि चरणक्षेत्रको अभाव हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका टीका घर्तीले बताए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ९ : ०० बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

गण्डकी– आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई

चालकको स्वास्थ्यसँग यात्रुको जीवन : कता छ राज्यको ध्यान ?

काठमाडौँ – सडकमा दिनहुँ गुडिरहेका हजारौँ सवारीसाधन केवल गन्तव्यतर्फ बढिरहेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।