नेकपाले टुंग्याउन सकेन राष्ट्रियसभा उम्मेदवार, सचिवालय बैठक पुनः भोलि बस्ने  « Khabarhub

नेकपाले टुंग्याउन सकेन राष्ट्रियसभा उम्मेदवार, सचिवालय बैठक पुनः भोलि बस्ने 


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउन बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुट्न नसक्दा भोलि सम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका तर्फबाट उमेदवार हुने १६ जनाको नाम एकलौटी ल्याएको भन्दै अन्य सदस्यले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

“राष्ट्रियसभा निर्वाचनमा दुई जना राजपालाई दिने यसअघि नै सहमति भएको छ,”सचिवालयका एक जना सदस्यले भने, “बाँकी १६ जनाको नाम अध्यक्ष ओलीले आफू निकटका मात्रै लिएर आउनुभएको थियो । त्यसमा सदस्यहरुको विरोध रह्यो । विरोध भएपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।”

उमेदवारको टुंगो लगाउन सचिवालय बैठक बिहीबार चार घण्टा बसेको थियो ।

राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ । जसमा १८ जना सदस्य निर्वाचित भएर आउने छन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ८ : ४७ बजे

देशभर मनसुनी वर्षाको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एक रुपैयाँको सिक्कामा समेटिने भनिएको नयाँ नक्साबारे भारतीय मिडियामा चर्चा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले जारी गर्ने नयाँ सिक्कामा समेटिने

दीपेन्द्रसिंह ऐरीले क्यानडा सुपर ६० लिग खेल्ने : भ्यानकुभरले गर्‍यो अनुबन्ध

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर