मौसमः पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव, आंशिक बदलीको सम्भावना | Khabarhub Khabarhub

मौसमः पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव, आंशिक बदलीको सम्भावना


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले  नेपालको पूर्वी तथा मध्य भू-भागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाले हाल देशको मध्य पहाडी भू-भागमा आशिंक बदली रहेको जनाएको छ । महाशाखाले केही दिन मुलुकको मौसम सफा रहने जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १९ गते (आइतबार)

दिउँसोः पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २० गते (सोमबार)

दिउँसोः पूर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २१ गते (मंगलबार)

दिउँसोः देशभर आन्शिक बदली रहनेछ । देशको पहाडी भू-भागका एक वा दुई स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आन्शिक बदली रहनेछ । देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ८ : ०३ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा