मौसमः पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव, आंशिक बदलीको सम्भावना « Khabarhub

मौसमः पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव, आंशिक बदलीको सम्भावना


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले  नेपालको पूर्वी तथा मध्य भू-भागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाले हाल देशको मध्य पहाडी भू-भागमा आशिंक बदली रहेको जनाएको छ । महाशाखाले केही दिन मुलुकको मौसम सफा रहने जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १९ गते (आइतबार)

दिउँसोः पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २० गते (सोमबार)

दिउँसोः पूर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २१ गते (मंगलबार)

दिउँसोः देशभर आन्शिक बदली रहनेछ । देशको पहाडी भू-भागका एक वा दुई स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आन्शिक बदली रहनेछ । देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ८ : ०३ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम