सुनसरी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या ४ पुग्यो « Khabarhub

सुनसरी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या ४ पुग्यो


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको तित्रृवनमा आज विहान बस र माइक्रो बस एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौका हेमराज कोईराला, माइक्रोका चालक दिपक खड्काको पहिचान खुलेको छ भने अन्य २ जनाको पहिचान हुन बाँकी रहेको ट्राफिक प्रहरी कार्यलय सुनसरीका असई ज्ञानु देउजाले जानकारी दिए ।

दुर्घटनामा घाइते चार जनाको इनरुवा अस्पतालमा उपचार भइरहेको छ । २ जनाको एपेक्स अस्पताल र अन्यको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रबो बस र इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १० : ०३ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि