नेकपा बैठक :  नेताहरुको प्रश्नको सामाना गर्दै अध्यक्षद्वय, बालुवाटारमा छलफल « Khabarhub

नेकपा बैठक :  नेताहरुको प्रश्नको सामाना गर्दै अध्यक्षद्वय, बालुवाटारमा छलफल


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्ने भएका छन् ।

गत बुधबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुबारे अध्यक्षले जवाफ दिने भएका हुन् ।

४४५ सदस्यीय केन्द्रीय कमिटीमा छलफलमा लागि १५ वटा समूह बनाइएको थियो । समूहगत छलफलपछि आएका निश्कर्षलाई हरेक समूहका नेताले केन्द्रीय कमिटीको बैठकमा शुक्रवार र शनिवार ब्रिफिङ गरेका थिए । त्यस्तै प्रदेश अध्यक्षहरु, विभागीय प्रमुखहरुले पनि बैठकमा विफ्रिङ गरेका थिए ।

टोली नेताहरुले उठाएका प्रश्नहरुको विषयमा आज पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने छन् भने अर्का अध्यक्ष ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए ।

अध्यक्ष ओली उद्घाटन यता बैठकमा सहभागी छैनन् ।

ओली–प्रचण्डबीच छलफल

बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने बारे साझा धारणा बनाउनका लागि अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् ।

बैठकमा नेताहरुले उठाएका एमसीसी लगायतका विषयमा साझा धारणा बनाउनका लागि भन्दै उनी बालुवाटार पुगेका हुन् ।
अध्यक्षले जवाफ दिएसँगै आजै केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ११ : ०४ बजे

वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन

धनकुटा– यही वैशाख १८ गतेदेखि २२ गतेसम्म धनकुटाको चौबिसे गाउँपालिकास्थित

टिप्पणी : भ्रष्टाचार र करछली छाडेर सुकुम्बासीतिर लाग्दै बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बुधबार साँझ सुरक्षा प्रमुखहरूलाई अतिक्रमित

‘आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा’

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय

लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

‍‍‍ललितपुर– सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी

निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, शिखर सबैभन्दा अगाडि

काठमाडौं– निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना अर्थात्