नेकपा बैठक :  नेताहरुको प्रश्नको सामाना गर्दै अध्यक्षद्वय, बालुवाटारमा छलफल | Khabarhub Khabarhub

नेकपा बैठक :  नेताहरुको प्रश्नको सामाना गर्दै अध्यक्षद्वय, बालुवाटारमा छलफल


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्ने भएका छन् ।

गत बुधबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुबारे अध्यक्षले जवाफ दिने भएका हुन् ।

४४५ सदस्यीय केन्द्रीय कमिटीमा छलफलमा लागि १५ वटा समूह बनाइएको थियो । समूहगत छलफलपछि आएका निश्कर्षलाई हरेक समूहका नेताले केन्द्रीय कमिटीको बैठकमा शुक्रवार र शनिवार ब्रिफिङ गरेका थिए । त्यस्तै प्रदेश अध्यक्षहरु, विभागीय प्रमुखहरुले पनि बैठकमा विफ्रिङ गरेका थिए ।

टोली नेताहरुले उठाएका प्रश्नहरुको विषयमा आज पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने छन् भने अर्का अध्यक्ष ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए ।

अध्यक्ष ओली उद्घाटन यता बैठकमा सहभागी छैनन् ।

ओली–प्रचण्डबीच छलफल

बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने बारे साझा धारणा बनाउनका लागि अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् ।

बैठकमा नेताहरुले उठाएका एमसीसी लगायतका विषयमा साझा धारणा बनाउनका लागि भन्दै उनी बालुवाटार पुगेका हुन् ।
अध्यक्षले जवाफ दिएसँगै आजै केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ११ : ०४ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई