२७ हजार बढीले आवेदन दिएपछि यी जापानी अर्बपतिले गरे विहे नै रद्द ! | Khabarhub Khabarhub

२७ हजार बढीले आवेदन दिएपछि यी जापानी अर्बपतिले गरे विहे नै रद्द !


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जापानी अर्बपतिले आफूले विवाह गरेर चन्द्रमामा लैजाने जीवनसाथीको खोजी स्थगित गरेका छन्।

चन्द्रमामा जान २० वर्षमाथिका युवतिको खोजी गरेका जापनी अर्बपति युसाकु माइएजावाले सामाजिक सञ्जाल मार्फत चन्द्रमामा लैजाने जीवनसाथीको खोजी स्थगित भएको घोषणा गरेका हुन्।

एक महिना अघि मात्रै उनले चन्द्रमा हनिमुन मनाउनका लागि  विज्ञापन नै गरेका थिए । उक्त विज्ञापन गरेपछि करिब २८ हजार महिलाले आवेदन समेत दिएका थिए।

तर अचानक यस्तो घोषणा गरेका हुन्। यद्यपी उनी एक्लैले सन् २०२३ मा अन्तरिक्षयात्रा गर्ने छन्। उनको योजना भने परिवर्तन गरेका छैनन्।

गत महिना ४४ वर्षीय माइएजावाले वेबसाइट मार्फत विज्ञापन आव्हान गरेका थिए। तर उनले ट्वीटरमार्फत् सहयात्रीको खोजी नगर्ने घोषणा गरे।

२७ हजार २ सय महिलाले आवेदन दिएको भन्दै यो निर्णयबारे जानकारी गराउँदा आफू दुखी रहेको उल्लेख गरेका छन्।

उनी भर्खरै २७ वर्षीया अभिनेत्री आयामे गोरिकीसँग छुट्टिएका थिए। सन् २०२३ का लागि योजना गरिएको उक्त यात्रामा सन् १९७२ पछि पहिलो पल्ट मानिसहरू चन्द्रमामा जान लागेका हुन्।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ८ : २३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले