बुलेट चलाएर करीना कपूरको शो मा गइन् सोनाक्षी सिन्हा, भइन् ट्रोल « Khabarhub

बुलेट चलाएर करीना कपूरको शो मा गइन् सोनाक्षी सिन्हा, भइन् ट्रोल


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड नायिका सोनाक्षी सिन्हाले यसअघि पनि ट्रोलरको सामना गरिसकेकी छिन् । यसपटक उनलाई फेरि प्रयोगकर्ताले मजाक बनाएका छन् ।

यसपटक सोनाक्षी मुम्बईको सडकमा बुलेट बाइक चलाएर ट्रोल बनेकी हुन् ।

खासमा सोनाक्षी सिन्हा हालै नायिका करीना कपूरको रेडियो शो ‘ह्वाट विमेन वान्ट’ मा बुलेट बाइक चलाउँदै पुगेकी थिइन् । सोनाक्षीले बाइक चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा सोनाक्षी दबंग स्टाइलमा देखिएकी छिन् । भिडियोमा सोनाक्षीले बाइक चलाउँदा उनका बडीगार्ड र मिडियाकर्मी पछिपछि भागिरहेकी हुन्छिन् । भिडियोमा सोनाक्षीका कारण बाटोमा ट्राफिक जाम भएको देख्न सकिन्छ ।

भलै यो भिडियोलाई लिएर कतिपयले सोनाक्षीको तारिफ पनि गरेका छन् । तर, कतिले भने उनको भीआईपी शैलीको विरोध गरेका छन् ।

एक प्रयोगकर्ताले सोनाक्षीको तारिफ गर्दै कमेन्ट गरेका छन्, ‘सोनाक्षी तपाईंको बाइक राइडिङ स्किल तपाईंको अभिनयभन्दा बढी राम्रो छ ।’

‘यो के मजाक चलिरहेको छ?,’ अर्का एक प्रयोगकर्ताको कमेन्ट छ ।

पछिल्लो समय सोनाक्षी सलमान खानसँग फिल्म ‘दबंग ३’ मा देखिएकी थिइन् । फिल्ममा उनी सलमान खानको अपोजिटमा थिइन् ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  २ : ०५ बजे

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा

सरकारले चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने

काठमाडौं- सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउने

सयबुँदे मार्गचित्रअनुसार कार्ययोजना ल्याउन मन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन

खोटाङ– बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध