सशस्त्र प्रहरीले जाँच चौकी राख्न खोज्दा सीमा क्षेत्रमा एसएसबीको अवरोध « Khabarhub

सशस्त्र प्रहरीले जाँच चौकी राख्न खोज्दा सीमा क्षेत्रमा एसएसबीको अवरोध


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको ठाडी भन्सार क्षेत्र अन्तर्गत पर्ने सीमा क्षेत्रमा सशस्त्र प्रहरीको अस्थायी जाँच चौकी राख्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध सिर्जना गरेको छ ।

आइतबार सशस्त्र प्रहरी बलले ठाडी भन्सार कार्यालयबाट दक्षिणतर्फ सीमा क्षेत्रमा अस्थायी जाँच चौकी राख्न खोजेको थियो । तर, भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले उक्त क्षेत्र दशगजा क्षेत्रमा पर्ने भन्दै जाँच चौकी राख्न दिएनन् ।

सिराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने सीमा क्षेत्रमा अहिले दुई देशको संयुक्त नाप–जाँच चलिरहेका कारण सीमा यकीन नगरी जाँच चौकी नराक्न भनेर एसएसबीले ‘अनुरोध’ गरेको जानकारी दिए ।

‘अहिले दक्षिणतर्फको सीमा क्षेत्रमा नेपाल र भारत दुवै देशका नापी अधिकारी सम्मेलिन संयुक्त टोलीको नाप–जाँच चलिरहेको छ । उक्त नापजाँच पछि उक्त क्षेत्र दशगजाअन्तर्गत पनि पर्न सक्ने भएकाले अहिलेका लागि जाँच चौकी नराखीदिन भनेर उनीहरु (एसएसबी)ले अनुरोध गरेका थिए,’ खबरहबसँगको टेलिफोन वार्तामा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, ‘हामीले पनि उनीहरुको अनुरोध मानेर अहिलेका लागि जाँच चौकी नराख्ने भनेका छौं ।’

सीडीओ अधिकारीका अनुसार ठाडी भन्सार कार्यालय क्षेत्रमा अहिले पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) छ । तर, सीमा क्षेत्रमा थप सुरक्षा जाँचको आवश्यकता महसुस गरेर अस्थायी जाँच चौकी राख्न खोजिएको सीडीओ अधिकारीको भनाइ छ ।

‘ठाडी भन्सार कार्यालय नजिकै पहिलेदेखि नै बीओपी छ । तर, सीमा क्षेत्रमा थप सुरक्षा जाँच आवश्यक परेका कारण अस्थायी चौकी राख्ने भनेका थियौं । संयुक्त नाप–जाँच चलिरहेका कारण केही दिनका लागि स्थगित भएको हो,’ सीडीओ अधिकारीले भने ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  २ : १७ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड