एमसीसीमा सहमति खोज्न नेकपाद्वारा ३ सदस्यीय समिति गठन « Khabarhub

एमसीसीमा सहमति खोज्न नेकपाद्वारा ३ सदस्यीय समिति गठन


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सहयोगको सन्दर्भमा भएको विवादका विषयमा सहमति खोज्न सत्तारुढ नेकपाले ३ सदस्यीय समिति गठन गरेको छ ।

आइतबार दिउँसो बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा भीम रावल र प्रदीप ज्ञवाली छन् । प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभाग उपप्रमुख सूर्य थापाले आइतबारको सचिवालय बैठकले एमसीसीबारे सहमति खोज्न ३ सदस्यीय समिति गठन भएको जानकारी दिए ।

उक्त समितिलाई एमसीसीका विषयमा सहमति खोज्न १० दिनको समयसीमा तोकिएको थापाले जानकारी दिए । १० दिनको समयमा समितिले एमसीसीबारे जारी विवादको समाधानका पार्टी भित्र छलफल गर्ने र सुझाव संकलन गर्ने छ ।

सचिवालय बैठक सकिएसँगै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिन शुरु गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  २ : ४९ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम