कोरोना भाइरसबारे प्रहरीको सचेतना कार्यक्रम « Khabarhub

कोरोना भाइरसबारे प्रहरीको सचेतना कार्यक्रम


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– कोरोना भाइरस संक्रमणको त्रास नेपालमा बढ्दै गएपछि बारामा नेपाल प्रहरीले कोरोना भाइरसको विषयमा जनचेतना मुलक र्‍याली गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय बाराले कोरोना भाईरस बिरुद्ध बृहत जनचेतना मुलक र्‍याली गरेको हो । बाजा, पम्पेल्ट तथा व्यानर सहित गरिएको कोरोना भाइरसको सचेतना र्‍याली भरत चोकबाट बजार परिक्रमा गरी पुन भरतचोक आई कोण सभामा परिणत भएको थियो ।

प्रहरीले गरेको सचेतनामुलक र्‍यालीमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षण विकास राज खनाल, उपमहानगरपालिकाका सबै वडाका वडाध्यक्षहरु
तथा नागरिक सामाजका प्रमूखहरु सहमागि थिए ।

सचेतना कार्याक्रममा जिल्लाका महिला संजालका प्रमुख तथा प्रतिनिधीहरु , जिल्ला स्थित रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्काउटका अध्यक्ष तथा नेपाल स्काउटमा आवद्ध विद्यार्थी तथा शिक्षकहरु, सामुदायिक प्रहरीका अध्यक्ष तथा सचिव लगायत जिल्ला स्थित रहेका मनकामना स्कुल, ब्राईट लाईन स्कुलका शिक्षक विद्यार्थीहरु, प्रहरी कर्मचारी लगायत ६०० जनाको सहभागितामा रहेको थियो ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ३ : ३२ बजे

विद्युत् चुहावट हुँदा बुढानिलकण्ठमा आगलागी

काठमाडौं– काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण

प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार दृढ छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र

झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह फागुन २१

सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

गलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ३० दिन मात्र बाँकी रहँदा

क्यान्सर दिवसमा सिएमसीमा निःशुल्क बहिरङ्ग सेवा

चितवन– विश्व क्यान्सर दिवसका अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी