कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपालबाट पठाइयो १२ हजार वटा मास्क | Khabarhub Khabarhub

कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपालबाट पठाइयो १२ हजार वटा मास्क


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढेको छ । चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३०० भन्दा धेरै जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् ।

चीनको उहान लगायतका स्थानमा यात्रा प्रतिवन्धित समेत गरिएको थियो भने विभिन्न देशमा हुबेईमा रहेका आफ्ना नागरिकलाई स्वदेश लगेको छ ।
चीनले उहानमा कोरोना संक्रमणको उपचारका लागि १० दिनमा अस्पताल नै बनाएको छ ।

यसैबीच चीनमा कोरोना फैलिएपछि नेपाल–चाइना च्येम्वर अफ कमर्सले १२ हजार थान मास्क पठाएको छ ।

नेपालसँग सीमा जोडिएको तिव्वतमा भाइरस फैलिएमा नेपालमा समेत त्यसको प्रभाव पर्ने सम्भावना रहेको भन्दै नेपाल–चाइना च्येम्वर अफ कमर्स नेपालका तर्फबाट १२ हजार थान मास्क प्रदान गरेको सो संस्थाका महासचिव विवेक पौडेलले बिज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सो मास्क चाइना तिब्बत च्याम्वर अफ वार्डर ट्रेडलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ३ : ५० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय