कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपालबाट पठाइयो १२ हजार वटा मास्क « Khabarhub

कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपालबाट पठाइयो १२ हजार वटा मास्क


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढेको छ । चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३०० भन्दा धेरै जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् ।

चीनको उहान लगायतका स्थानमा यात्रा प्रतिवन्धित समेत गरिएको थियो भने विभिन्न देशमा हुबेईमा रहेका आफ्ना नागरिकलाई स्वदेश लगेको छ ।
चीनले उहानमा कोरोना संक्रमणको उपचारका लागि १० दिनमा अस्पताल नै बनाएको छ ।

यसैबीच चीनमा कोरोना फैलिएपछि नेपाल–चाइना च्येम्वर अफ कमर्सले १२ हजार थान मास्क पठाएको छ ।

नेपालसँग सीमा जोडिएको तिव्वतमा भाइरस फैलिएमा नेपालमा समेत त्यसको प्रभाव पर्ने सम्भावना रहेको भन्दै नेपाल–चाइना च्येम्वर अफ कमर्स नेपालका तर्फबाट १२ हजार थान मास्क प्रदान गरेको सो संस्थाका महासचिव विवेक पौडेलले बिज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सो मास्क चाइना तिब्बत च्याम्वर अफ वार्डर ट्रेडलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ३ : ५० बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक