एमसीसीबारे चाँडै निर्णयमा पुग्छौ : प्रधानमन्त्री ओली « Khabarhub

एमसीसीबारे चाँडै निर्णयमा पुग्छौ : प्रधानमन्त्री ओली


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय गर्न ढिला नगर्ने बताएका छन् ।

नेकपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले समिति समेत गठन भएको भन्दै एमसीसीबारे निर्णय गर्न ढिला नहुने बताएका हुन् ।

बुधबारदेखि सूरु भएको केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नहुने र विज्ञ समिति बनाएर त्यसबारे निर्णय हुनुपर्ने सुझाव दिएका थिए ।

केन्द्रीय समितिमा एमसीसीको मुद्दा चर्कोसँग उठेपछि आइतबार बिहान बसेको सचिवालय बैठकले तीन सदस्यीय समिति बनाउने निर्णय गरेको थियो जसलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

कार्यदललाई दस दिनमा प्रतिवेदन पेस गर्न समय दिइएको छ। नेकपा बरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा स्थायी समिति सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन्।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ५ : ५९ बजे

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च