यस्तो छ कोरोना भाइरसको संक्रमण रोक्ने ७ प्रदेशको तयारी « Khabarhub

यस्तो छ कोरोना भाइरसको संक्रमण रोक्ने ७ प्रदेशको तयारी


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरसको आशंकामा हालसम्म ६ जनाको परीक्षण गरीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती मध्ये एकजनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यस्तै ४ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको र एक जनाको भने रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ ।

कोरोना भाइरस संक्रमित व्यक्तिको उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, आर्मी अस्पताल, पाटन अस्पतालमा आइसोलेसन सहितको वार्डको व्यवस्थापन गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट हुन सक्ने स्वास्थ्य आपतकाल तथा यसको खोखिम न्युनिकरणका लागि मेडिकल डाक्टर सहितको टोली पोखरा, लुम्बिनी र चितवनमा समेत खटाएको जनाएको छ ।

यस्तै प्रदेश १ को इलामको पशुपति नगरमा हेल्थ डेस्क संचालन भएको, प्रदेश २ को ३ वटा विमानस्थलमा पनि हेल्थ डेस्क राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।

बाग्मती प्रदेश भित्रका सबै अस्पताललाई सतर्क एवं तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रवक्ता श्रेष्ठले बताए ।

बाग्मति प्रदेशमा तातोपानी, केरुङ नाका र भक्तपुरमा समेत हेल्थ डेक्स संचालनमा छ भने थर्मल स्क्यानर समेत खरिद प्रक्रियामा रहेको जनाइएको छ ।

गण्डकी प्रदेशले समेत विमानस्थलमा हेल्थ डेक्स संचालन गरेको छ । गण्डकी प्रदेशमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा विशेषज्ञ वेडको व्यवस्थापन गरिएको स्वास्थ्य मन्त्रालयको दावी छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन प्रदेश ५ ले पनि सिमा नाकाहरुमा हेल्थ डेक्स स्थापना गरेको छ भने लुम्बिनी प्रादेशिक अस्पतालमा विशेष वेडको व्यवस्थापन गरिसकेको छ ।

कोरोना भाइरसको संक्रमणको प्रतिकार्यका लागि कर्णाली प्रदेशले प्रादेशिक अस्पताल सुर्खेतमा विशेष वेडको व्यवस्थापन गरिसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए । यस्तै सुदुरपश्चिम प्रदेशले पनि कोरोना भाइरसको विषयमा सचेतनामुलक कार्यक्रम गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : ३० बजे

कोजाग्रत पूर्णिमासँगै दसैँको टीका थाप्ने क्रम अन्तिम चरणमा, उपत्यकामा चहलपहल बढ्यो

काठमाडौँ– आश्विन शुक्ल चतुर्दशी र कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार काठमाडौं

ब्रेक्जिटपछि ईयूसँग सम्बन्ध सुधार्ने विकल्प खोज्दै बेलायत

लन्डन – बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बेलायत र युरोपेली सङ्घ

बैतडीमा भूकम्पको धक्का

बैतडी– बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित