यस्तो छ कोरोना भाइरसको संक्रमण रोक्ने ७ प्रदेशको तयारी « Khabarhub

यस्तो छ कोरोना भाइरसको संक्रमण रोक्ने ७ प्रदेशको तयारी


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरसको आशंकामा हालसम्म ६ जनाको परीक्षण गरीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती मध्ये एकजनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यस्तै ४ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको र एक जनाको भने रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ ।

कोरोना भाइरस संक्रमित व्यक्तिको उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, आर्मी अस्पताल, पाटन अस्पतालमा आइसोलेसन सहितको वार्डको व्यवस्थापन गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट हुन सक्ने स्वास्थ्य आपतकाल तथा यसको खोखिम न्युनिकरणका लागि मेडिकल डाक्टर सहितको टोली पोखरा, लुम्बिनी र चितवनमा समेत खटाएको जनाएको छ ।

यस्तै प्रदेश १ को इलामको पशुपति नगरमा हेल्थ डेस्क संचालन भएको, प्रदेश २ को ३ वटा विमानस्थलमा पनि हेल्थ डेस्क राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।

बाग्मती प्रदेश भित्रका सबै अस्पताललाई सतर्क एवं तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रवक्ता श्रेष्ठले बताए ।

बाग्मति प्रदेशमा तातोपानी, केरुङ नाका र भक्तपुरमा समेत हेल्थ डेक्स संचालनमा छ भने थर्मल स्क्यानर समेत खरिद प्रक्रियामा रहेको जनाइएको छ ।

गण्डकी प्रदेशले समेत विमानस्थलमा हेल्थ डेक्स संचालन गरेको छ । गण्डकी प्रदेशमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा विशेषज्ञ वेडको व्यवस्थापन गरिएको स्वास्थ्य मन्त्रालयको दावी छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन प्रदेश ५ ले पनि सिमा नाकाहरुमा हेल्थ डेक्स स्थापना गरेको छ भने लुम्बिनी प्रादेशिक अस्पतालमा विशेष वेडको व्यवस्थापन गरिसकेको छ ।

कोरोना भाइरसको संक्रमणको प्रतिकार्यका लागि कर्णाली प्रदेशले प्रादेशिक अस्पताल सुर्खेतमा विशेष वेडको व्यवस्थापन गरिसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए । यस्तै सुदुरपश्चिम प्रदेशले पनि कोरोना भाइरसको विषयमा सचेतनामुलक कार्यक्रम गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : ३० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी