कोरोना संक्रमणको चपेटामा रहेको चीनमा ‘बर्ड फ्लु’ पनि देखियो « Khabarhub

कोरोना संक्रमणको चपेटामा रहेको चीनमा ‘बर्ड फ्लु’ पनि देखियो


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोरोना भाइरसले आक्रान्त बनेको चीनको हुनान प्रान्तमा घातक बर्ड फ्लूको प्रकोप देखिएको छ ।

बर्ड फ्लूको प्रकोप हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको हो । जुन कोरोना भाइरसको सङ्क्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा अवस्थित छ ।

स्थानीय अधिकारीहरूले हालसम्म उक्त फार्मका १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको बताइएको छ ।

चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘शुआङकिङको शाओयाङ शहरको एक कुखुरा फार्ममा बर्ड फ्लुको सङ्क्रमण देखिएपछि फार्ममा रहेका सात हजार ८५० चल्लाहरूसहित चारहजार ५०० कुखुराहरू मरेका छन् भने सङ्क्रमणपछि १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको छ ।’

मन्त्रालयले हुनानमा देखिएको बर्ड फ्लुको सङ्क्रमण अहिलेसम्म मानिसमा भने नदेखिएको बताइएको छ ।

चीनले कोरोना भाइरसको सङ्क्रमणका कारण ठूलो जनशक्ति लगाएर यसलाई नियन्त्रण गर्न लागिपरेको समयमा हुनानमा देखिएको बर्ड फ्लुले चीनलाई दोहोरो समस्या परेको छ ।

चीनमा कोरोना भाइरसका कारण ३०४ जनाको मृत्यु भएको छ भने यस सङ्क्रमणले चीनबाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ ।

चीनले कोरोना भाइरसको सङ्क्रमण बढी देखिएको हुबेई प्रान्तका केही शहरहरूलाई अन्य भूगोलसँग अलग राखेर रोकथाम, नियन्त्रण तथा उपचार प्रयासहरूलाई जारी राखेको छ । यसका कारण त्यहाँका करिब पाँच करोड ६० लाख व्यक्तिको आवागमन रोकिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिँदो अवस्थामा रहेका समय विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यको क्षेत्रमा कार्यरत अन्य अन्तर्राष्ट्रिय संघसंगठनले विश्वव्यापी रोकथामका लागि काम गरिरहेका छन् । कोरोनाको सङ्क्रमण चीनसहित सात एशियाली राष्ट्रका साथै अष्ट्रेलिया, फ्रान्स, संयुक्त राज्य अमेरिका लगायत करिब दुई दर्जन मुलुकमा देखिएको छ ।

कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी स्वास्थ्य समस्या भएको विश्व स्वास्थ्य संगठनले बताएपछि चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता लग्न थालिसकेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ७ : १९ बजे

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक