पूजाको प्रसाद खाँदा सप्तरीमा ६७ बालबालिका बिरामी | Khabarhub Khabarhub

पूजाको प्रसाद खाँदा सप्तरीमा ६७ बालबालिका बिरामी


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् ।

राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका प्रसाद खाँदा बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले बताए ।

उनका अनुसार सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मूर्ति विसर्जनपछि सरस्वती पूजाको प्रसाद खाँदा विद्यार्थी तथा अभिभावहरु एक्कासी बिरामी भएको नगरपालिका प्रमुख चौधरीले जानकारी दिए ।

एक दिन पहिले बनाएको बासी तरकारी र बुनियाको प्रसाद खाँदा ‘फुड प्वाइजनिङ’ भएर बालबालिका बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बुनिलाल यादवले बताए ।

प्रमुख यादवका अनुसार अहिले सम्म ६७ जना फुड प्वाइजनिङ भएर बिरामी परेका बालबालिका तथा अभिभावकलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार थालिएको छ ।

बिरामीको स्थानीय स्वास्थ्य संस्थामा चाप बढेपछि त्यहाँको विद्यालयमा राखेर जिल्ला स्वास्थ्य कार्यालय सप्तरीबाट गएको स्वास्थ्यकर्मीको टोलीले उपचार थालिएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।

नगरपालिकाको ११ वटै वडाका स्वास्थ्यकर्मी हरिपुरमा भेला भएर उपचार थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ७ : ५३ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले