हावाबाट विजुली उत्पादनसँगै जुम्लाको सिञ्जा झिलिमिली « Khabarhub

हावाबाट विजुली उत्पादनसँगै जुम्लाको सिञ्जा झिलिमिली


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको सिञ्जा गाउँपालिकामा हावाबाट विजुली उत्पादनसँगै स्थानीय गाउँ झिलिमिली बनेका छन् ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र सिञ्जा गाउँपालिकाको आर्थिक सहयोगमा ८० किलोवाट बिद्युत निकालिएको हो ।

वैकल्पिक उर्जा केन्द्रको ४ करोड र सिञ्जा गाउँपालिकाको ५५ लाख रुपैयाँ लागतमा राइके डाडाँमा ८० किलोवाट विद्युत उत्पादन भएको हो ।

यसबाट १ हजार ३ सय घरले बत्ति बाल्न पाएका छन् । टुकी बाल्न बाध्य सिञ्जाका स्थानीय विद्युतीय बत्ति बाल्न पाउँदा हर्षित बनेका छन् ।

उनीहरुले हावाबाट उत्पादित बिजुलीले टिभी तथा कम्प्युटर समेत सहजै चलाउन पाएका छन् ।

साना जलबिद्युतबाट आयोजनाबाट विद्युत निकाल्न सफल नभएका स्थानीयहरु वैकल्पिक उर्जा केन्द्र संगको सहर्काय विद्युत निकालेका हुन् । अहिले विद्युत ३ वटा वडामा मात्र वितरण गरिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : ५५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन