मेस्सीले अवसर गुमाउँदा बार्सा रियलसँग पराजित « Khabarhub

मेस्सीले अवसर गुमाउँदा बार्सा रियलसँग पराजित


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस एल क्लासिको फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई २ -० गोल अन्तरले हराएको छ ।

आईतबार राति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना चिरपरिचित प्रतिद्वन्द्वी रियलसँग स्तब्ध भएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र मारिनोले एक एक गोल गरे । दोस्रो हाफमा जुनियरले प्रहार गरेको बल डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लाग्दै गोल भएको थियो ।

यस्तै, बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मारियानो स्ट्रकले एक गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

पहिलो हाफमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलका राम्रा अवसर गुमाएका थिए । रियलका गोलकिपर थिवाउट कोर्टुवाले दुवैको प्रयासलाई असफल बनाएका थिए ।

जितसँगै रियल ५६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना ५५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : २७ बजे

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार