विदेश पढ्न जाने नेपाली विद्यार्थीलाई तत्काल एनओसी नदिने सरकारको निर्णय « Khabarhub

विदेश पढ्न जाने नेपाली विद्यार्थीलाई तत्काल एनओसी नदिने सरकारको निर्णय


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशी विश्वविद्यालय तथा कलेजमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीले तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नपाउने भएका छन् ।

आइतवार बसेको मन्त्रिपरिषद बैठले तत्कालका लागि विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण विश्वका धेरै देशमा फैलिएपछि मन्त्रिपरिषदले विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो । विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीले शिक्षा मन्त्रालयबाट अनिवार्य रुपमा एनओसी लिनुपर्ने हुन्छ ।

यस्तै सरकारले नेपाल आउने विदेशीलाई आगमन भिसा(अन-अराइभल) भिसा समेत तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइसको जोखिमलाई मध्यनजर गर्दै सरकारले अन-अराइभल भिसा दिने व्यवस्था स्थगित गर्ने निर्णय गरेको हो ।

विश्वभर कोरोनाको संक्रमण फैलिरहेको छ । नेपालमा पनि कोरोनाको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) जनाएपछि सरकारले नियन्त्रण र पूर्वतयारीका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ ।

सरकारले विमानस्थलमा सबैको जाँच गर्ने लागयतका निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : ०४ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै