विदेश पढ्न जाने नेपाली विद्यार्थीलाई तत्काल एनओसी नदिने सरकारको निर्णय « Khabarhub

विदेश पढ्न जाने नेपाली विद्यार्थीलाई तत्काल एनओसी नदिने सरकारको निर्णय


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशी विश्वविद्यालय तथा कलेजमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीले तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नपाउने भएका छन् ।

आइतवार बसेको मन्त्रिपरिषद बैठले तत्कालका लागि विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण विश्वका धेरै देशमा फैलिएपछि मन्त्रिपरिषदले विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो । विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीले शिक्षा मन्त्रालयबाट अनिवार्य रुपमा एनओसी लिनुपर्ने हुन्छ ।

यस्तै सरकारले नेपाल आउने विदेशीलाई आगमन भिसा(अन-अराइभल) भिसा समेत तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइसको जोखिमलाई मध्यनजर गर्दै सरकारले अन-अराइभल भिसा दिने व्यवस्था स्थगित गर्ने निर्णय गरेको हो ।

विश्वभर कोरोनाको संक्रमण फैलिरहेको छ । नेपालमा पनि कोरोनाको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) जनाएपछि सरकारले नियन्त्रण र पूर्वतयारीका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ ।

सरकारले विमानस्थलमा सबैको जाँच गर्ने लागयतका निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : ०४ बजे

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि