दोस्रो टेस्टमा न्यूजिल्याण्डले भारतलाई सात विकेटले हरायो « Khabarhub

दोस्रो टेस्टमा न्यूजिल्याण्डले भारतलाई सात विकेटले हरायो


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– न्यूजिल्याण्डले भारतलाई दोस्रो टेस्टमा सात विकेटले हराएको छ । यसका साथ पाहुना टोलीले २–०ले टेस्ट आफ्नो नाममा पारेको छ ।

क्राइस्टचर्चाको हेगली ओवर स्टेडिममा खलिएको टेस्ट क्रिकेटको तेस्रो दिन भारतले हारको सामना गर्नु परेको थियो ।

भारतीय टीमको दोस्रो पारी १ सय २४ रनमा समेटिएको थियो । न्यूजिल्याण्डलाई जितका लागि १ सय ३२ रनको जरुरी थियो । यो सहज लक्ष्यलाई न्यूजिल्याण्डले तीन विकेट गुमाएर मात्र ३६ ओभरमा हासिल गर्‍यो ।

टस जितेको न्यूजिल्याण्डले बलिङको निर्णय गरेको थियो । पहिलो पारीमा भारतले २ सय ४२ रन बनाएको थियो ।

यसपछि न्यूजील्याण्डको पूरै टीम आफ्नो पहिलो पारीमा २ सय ३५ रन बनाउ सक्यो । पहिलो पारीको आधारमा भारतलाई सात रन बढी मिलेको थियो तर दोस्रो पारीमा उनले केही गर्न सकेन ।

भारतीय टोलीले दोस्रो पारीमा १ सय २४ रन मात्र बनायो । न्यूजिल्याण्डले पाएको १ सय ३२ रनको लक्ष्य उसले सहजरुपमा हासिल गर्‍यो ।
यस अघि भारतले पहिलो टेस्ट म्याच पनि १० विकेटले हारेको थियो ।

टेस्ट सिरिज समाप्त भएसँगै भारतको न्यूजिल्याण्ड यात्रा समेत समाप्त भएको छ । यसअघि टी–२० सिरिज भारतले ५–० ले जितेको थियो तर वानडे सिरिज मा ३–० को हार सामना गर्नु पर्‍यो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : १८ बजे

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा