अमेरिकी राष्ट्रपति उम्मेदवार बन्ने होडबाट बाहिरिए बूट्‍एज्एज | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति उम्मेदवार बन्ने होडबाट बाहिरिए बूट्‍एज्एज


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका इन्डीयाना राज्यका भूतपूर्व मेयर पिट बूट्‍एज्एजले आफ्नो अभियान परित्याग गरेको घोषणा गरेका छन् ।

प्रमुख राजनीतिक दलबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्न खोज्ने उनी प्रथम समलिङ्गी भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

डेमोक्रेटिक पार्टीका ती ३८ वर्षीय नेताले आफ्नो निर्वाचन अभियान सुरु गरेका थिए । तर केही सातायता त्यसले गति गुमाएको थियो।

उनी खुला रूपमा पुरुष समलिङ्गी भनेर चिनिएका व्यक्ति हुन् ।

डेमोक्र्याटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदवार छान्न मतदान हुनुभन्दा दुई दिनअघि बूट्‍एज्एज प्रतिस्पर्धाबाट अलग्गिएका हुन्। मङ्गलवार त्यहाँका १४ वटा राज्यमा उक्त पार्टीबाट राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने छिनोफानो गर्न प्राईमरी अर्थात् प्रारम्भिक निर्वाचन हुँदैछ।

यो मतदानबाट वामपन्थी झुकाव भएका नेता बर्नी स्यान्डर्सले दलभित्र अग्रता कायम गर्ने र राष्ट्रपतीय निर्वाचनका लागि औपचारिक मनोनयनमा पर्ने देखिएको छ ।

डेमोक्र्याटिक पार्टीका उम्मेदवारको प्रतिस्पर्धा रिपब्लिकन नेता तथा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुनेछ । पिट बूट्‍एज्एज आईअवा राज्यमा फेब्रुअरी ३ मा भएको प्राईमरीमा आश्चर्यजनक रूपमा झिनो मतान्तरले विजयी भएका थिए ।

बूट्‍एज्एज पछि हटेपछि अब डेमोक्र्याटिक पार्टीमा राष्ट्रपति उम्मेदवारको प्रतिस्पर्धामा छ नेता बाँकी भएका छन्।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : २८ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।