मन्त्रिपरिषद बैठक नबस्ने, केही भेटघाटपछि प्रधानमन्त्री अस्पताल जाने « Khabarhub

मन्त्रिपरिषद बैठक नबस्ने, केही भेटघाटपछि प्रधानमन्त्री अस्पताल जाने


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुँदैछन् ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनी आजै अस्पताल भर्ना हुन लागेका हुन् । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार गरिने छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए ।

अस्पताल जानु पूर्व प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगको बैठक बोलाएका थिए ।

विहान नौ बजेपछि बसेको आयोगको बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आज बस्ने भनिएको मन्त्रिपरिषद्को नियमित बैठक नबस्ने जानकारी थापाले दिए ।

‘राष्ट्रिय योजना आयोगको बैठक भरखर सकिएको छ’ उनले भने,‘आज मन्त्रिपरिषदको बैठक नबस्ने भएको छ ।’

अब केही व्यक्तिसँगको भेटपछि उहाँ अस्पताल जाने थापाले बताए ।

‘एक दुई जानसँगको भेटवार्तापछि प्रधानमन्त्री ज्यू अस्पताल जानु हुनेछ’ उनले भने ।

अस्पताल जानू अघि ‘प्रेस नोट’ जारी गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ११ : ४७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्