प्रचण्डमाथि जुत्ता प्रहारको घटना छानवीनका लागि एसएसपीको नेतृत्वमा समिति गठन « Khabarhub

प्रचण्डमाथि जुत्ता प्रहारको घटना छानवीनका लागि एसएसपीको नेतृत्वमा समिति गठन


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको घटना छानवीनका लागि समिति गठन भएको छ ।

सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको निर्देशनमा समिति गठन गरिएको हो । प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सहकूल थापा संयोजक रहने गरि तीन सदस्यीय समिति गठन गरिएको हो ।

जसमा महानगरीय प्रहरी परिसर काठमाडौंका डीएपी होविन्द्र वोगटी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका एक जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) रहेका छन् ।

आइतबार राजधानीको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गरिसकेपछि प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरेका थिए । तर उनले प्रहार गरेको जुत्ता प्रचण्ड भएको स्थानसम्म पुगेन ।

प्रचण्डमाथि आक्रमण गर्ने तिरुवाले तत्कालै प्रहरी नियन्त्रणमा लिएको थियो ।

प्रहरीसँगको बयानमा भने तिरुवाले प्रचण्डको भाषणले आक्रोशित भएपछि जुत्ता प्रहार गर्न पुगेको बताएका थिए ।

‘प्रचण्डसँग मेरो कुनै दुश्मनी हैन । तर, आइतबारको त्यो कार्यक्रममा उनले गरेको भाषण सुन्दा एक्कासी आक्रोशित भएँ,’ तिरुवाको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले खबरहबसँग भन्यो, ‘वर्ग संघर्षका विषयमा उनले गरेको विश्लेषणले मलाई रिस उठ्यो । रिस उठेका बेला जुत्ता हान्न पुगेछु ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १२ : ०४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया