ग्रीसले शरणार्थी आवेदन स्वीकार नगर्ने « Khabarhub

ग्रीसले शरणार्थी आवेदन स्वीकार नगर्ने


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एथेन्स– ग्रीसले आगामी महिनादेखि शरणका लागि आउने कुनै पनि आवेदन नलिने घोषणा गरेको छ ।

ग्रीक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले शरणको मागका गर्दै दिइएका आवेदनहरुको कारबाही हाललाई अघि नबढाइने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री मित्सोटाकिसले गैरकानुनी रूपमा ग्रीस प्रवेश गर्न खोज्नेलाई रोक्ने र त्यहाँबाट फर्काइने चेतावनी पनि दिएका छन् । ग्रीक सरकारले २४ घण्टामा झन्डै १० हजार आप्रवासीलाई ग्रीस प्रवेश गर्नबाट रोकिएको जनाएको छ ।

ग्रीसका प्रधानमन्त्री मित्सोटाकिसले शरणार्थीलाई ग्रीस प्रवेश गर्न रोक्नका लागि सिमाक्षेत्रमा आवश्यक मात्रामा रोकावटका कदम समेत चालिएको जनाएका छन् । उनका अनुसार ग्रीसको सीमातर्फ अनावश्यक रुपमा प्रवेश गर्न खोज्ने कुनै पनि देशका आप्रवासीलाई रोकेर राखिएको छ ।

मुलुकले शरणार्थीको भार थेग्न नसक्ने भएका कारण आवेदन नलिने जनाएका हुन् ।

त्यसैगरी प्राप्त एक पछिल्लो समाचारअनुसार ग्रीस र टर्कीको सिमानामा आप्रवासी र सुरक्षाकर्मीबीच केही समययता झडपहरु पनि भएका छन् । यस विषयमा भने ग्रीस सरकारले केही बताएको छैन । ग्रीसका सुरक्षाकर्मीले आप्रवासीलाई रोक्न बल समेत प्रयोग गरेका सो समाचारमा जनाइएको छ ।

यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो ।

टर्कीले सिरियामा विगतका वर्षहरुदेखि जारी रहेको युद्धका कारण ठूलो संख्यामा नागरिक भागिरहेका आफूले थाहा पाएको भन्दै यति धेरै मानिसको भार आफ्नो देशले बहन गर्न सक्ने अवस्था नरहेको बताएको थियो ।

टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानले सिरिया छोडेर शरणका लागि हिँडेका आप्रवासीहरूलाई छिमेकी देशहरु तथा युरोपेली युनियनका सदस्य राष्ट्रमा जानका लागि नरोकिने बताएका थिए । यससँगै शरणार्थीहरु ग्रीसतर्फ लागेका हुन् ।

उत्तरी सिरियामा रहेका इद्लिब प्रान्तमा गत हप्ता भएको एक भिषण हवाई हमलामा परी करिब ३३ जना टर्किस सैनिक मारिएपछि टर्कीले यस्तो निर्णय गरेको हो ।

टर्कीमा ठूलो संख्यामा सिरियाका नागरिक शरणार्थीका रुपमा बसिरहेका छन् । पछिल्लो एक प्रतिवेदनका अनुसार टर्कीमा सिरियाका करिब ३७ लाख शरणार्थी छन् ।

टर्कीमा युरोप प्रवेश गर्न लागेका विभिन्न देशका शरणार्थीहरु बस्ने गरेका बताइन्छ ।

त्यहाँ तालिबान युद्धका कारण मुलुक छाडी भागेका अफगानिस्तानका नागरिक पनि आप्रवासीका रुपमा त्यहाँ पुग्ने गरेका छन् ।

ग्रीसहुँदै अन्य युरोपेली देशहरुमा प्रवेश गर्न खोज्ने आप्रवासीहरुलाई ग्रीसले रोक्ने गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १ : १८ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत