करातेका अनु र नविनले ओलम्पिक छनोट खेल्ने « Khabarhub

करातेका अनु र नविनले ओलम्पिक छनोट खेल्ने


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोकियो ओलम्पिक छनोटमा नेपालबाट करातेमा दुई जना खेलाडी सहभागी हुने भएका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता पुरष तर्फ नविन रसाइली र महिलातर्फ अनु अधिकारीले ओलम्पिक छनोट खेल्नेछन् ।

अनुले ५० केजी मुनिको तौल समूहमा र नविन ६७ केजी तौल समूह मुनीको क्याटागोरिमा खेल्नेछन् । ओलम्पिक छनोट मे ८ देखि १० सम्म फ्रान्समा हुनेछ । नविन र अनुको नाम वाइल्ड कार्ड इन्ट्रीमा पनि सिफारिस गरिएको छ ।

उनीहरुसहित नेपाली राष्ट्रिय कराते टोलीको बन्द प्रशिक्षण आजबाट शुरु भएको छ । नविन र अनुले ओलम्पिक छनोटका लागि तयारी गरेपनि अन्य खेलाडीहरु भने अन्य कुनै प्रतियोगिता भए त्यसमा जाने गरि नियमित तयारीमा रहेको प्रशिक्षक दिपक श्रेष्ठले बताए ।

‘ओलम्पिक छनोटमा अनु र नविनले खेल्नेछन् । तर, अन्य खेलाडीहरु पनि नियमित अभ्यासमा रहुने बताएका छन्,’ उनले भने,‘खेलाडी नियमित अभ्यासमा रहँदा अन्य कुनै प्रतियोगिता खेल्न जानु पर्दा त्यसमा राम्रो हुन्छ ।’

रसियाका अध्यक्षले दिए प्रशिक्षण

सोमबारदेखि शुरु भएको ओलम्पिक छनोटको पहिलो दिन रसिया कराते महासंघका अध्यक्ष भासिली सभ्रान्स्किसहितको टोलीले प्रशिक्षण दिएको छ । उनीहरु नेपाल कराते महासंघ र रसिया कराते महासंघबीचको एमओयू सम्झौताका लागि नेपाल आएका हुन् ।

आठ पटकका विश्व च्याम्पियन सभ्रान्स्किको टोलीले नेपाली खेलाडीलाई केही घण्टा प्रशिक्षण दिएका हुन् । नेपाली खेलाडीलाई उनले आफै रिङ्गमा उत्रिएर सिकाएका हुन् ।

उनको जोड नेपाली खेलाडीलाई करातेमा बलको प्रयोगले भन्दा पनि ‘टेक्निक’ ले खेल्नु पर्ने थियो ।

‘करातेमा बल र शरिरको प्रयोग गर्ने भन्दा पनि टेक्निक प्रयोग गर्नु पर्छ,’ विश्व च्याम्पियन सभ्रान्स्किले भने,‘तपाईहरु शरिरको प्रयोग गर्नु हुन्छ । त्यसैले नतिजा आइरहेको छैन । नतिजाका लागि कराते ‘टेक्निक’ लगाएर खेल्नुपर्छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १ : २५ बजे

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक