प्रधानमन्त्रीलाई कुर्दै टिचिङ अस्पतालका डाक्टर, सुरक्षा व्यवस्थामा कडाइ « Khabarhub

प्रधानमन्त्रीलाई कुर्दै टिचिङ अस्पतालका डाक्टर, सुरक्षा व्यवस्थामा कडाइ


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भर्ना हुन अस्पताल आउने भएसँगै चिकित्सकहरु उनको पर्खाइमा बसेका छन् ।

बुधवार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएपछि प्रधानमन्त्री ओली आज त्रिवि शिक्षण अस्पताल(टिचिङ) जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीलाई भर्ना गर्न नेफ्रो मेडिसिन एनएक्स–२ मा वेड तयारी अवस्थामा राखिएको छ ।

प्रधानमन्त्रीको उपचारमा संलग्न हुने चिकित्सकहरुको टोली टिचिङ अस्पतालमा प्रधानमन्त्री ओलीको पर्खाइमा रहेका छन् ।
प्रधानमन्त्री ओली दुई बजे आसपास अस्पताल जाने बालुवाटार स्रोतको भनाइ छ ।

दुवै मिर्गौला फेल भएपछि ०६४ सालमा भारतको एपोले अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीको मीर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका यूरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा।डा। प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १ : ३६ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले