प्रधानमन्त्रीलाई कुर्दै टिचिङ अस्पतालका डाक्टर, सुरक्षा व्यवस्थामा कडाइ « Khabarhub

प्रधानमन्त्रीलाई कुर्दै टिचिङ अस्पतालका डाक्टर, सुरक्षा व्यवस्थामा कडाइ


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भर्ना हुन अस्पताल आउने भएसँगै चिकित्सकहरु उनको पर्खाइमा बसेका छन् ।

बुधवार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएपछि प्रधानमन्त्री ओली आज त्रिवि शिक्षण अस्पताल(टिचिङ) जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीलाई भर्ना गर्न नेफ्रो मेडिसिन एनएक्स–२ मा वेड तयारी अवस्थामा राखिएको छ ।

प्रधानमन्त्रीको उपचारमा संलग्न हुने चिकित्सकहरुको टोली टिचिङ अस्पतालमा प्रधानमन्त्री ओलीको पर्खाइमा रहेका छन् ।
प्रधानमन्त्री ओली दुई बजे आसपास अस्पताल जाने बालुवाटार स्रोतको भनाइ छ ।

दुवै मिर्गौला फेल भएपछि ०६४ सालमा भारतको एपोले अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीको मीर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका यूरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा।डा। प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १ : ३६ बजे

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’

तीव्र हावाका कारण ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण

एथेन्स– तीव्र हावाहुरीका कारण ग्रीसमा फैलिएको डढेलो नियन्त्रण गर्न कठिनाइ