भक्तपुर सडकमा ‘राडार गन’ जडान « Khabarhub

भक्तपुर सडकमा ‘राडार गन’ जडान


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक ‘राडान गन’ जडान गरेको छ ।

विकसित देशमा सडकमा सवारीसाधनको गति नाप्न प्रयोग हुने यस प्रकारको उपकरण नेपालमा पहिलोपटक ल्याइ भक्तपुरको सडकमा जडान गरिएको जनाइएको छ ।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सबिन प्रधानले सडकमा सवारीसाधानको गति नाप्ने यस प्रकारको उपकरण नेपालमै पहिलोपटक आज जडान गरिएको जानकारी दिए ।  साँगादेखि लोकन्थलीसम्म चल्ने सवारीसाधनको गति नाप्ने अत्याधुनिक उपकरण जडान गरेको उनले जानकारी दिए ।

“‘रजिस्ट्रेशन प्लेट रिकगनाइजेशन क्याम’ नामको सिसी क्यामरा सहितको उपकरणले सवारीसाधनको २०० भन्दा माथि सम्मको गति मापन गर्न सक्छ । यसले त्यो सडकमा कुन कुन समयमा कति वटा कुन कुन प्रकारको, कस्तो रङको, कुन कुन नम्बरको, कति कति स्पिडमा र कुन कुन समयमा गाडी गुड्यो, गाडी कुन पोजिशनमा गुडेको थियो भन्ने सम्मको एच डी क्वालिटीको भिडियो रेकर्ड राख्छ”, उनले भने “यो क्यामरा सबै सडकमा राख्ने हो भने नेपालको ट्राफिक व्यवस्थापनमा सहज आउने मात्रै नभई कसैले पनि नियम उल्लङ्घन गर्नै सक्दैन, गल्ती गर्नेले कारवाही भोग्नै पर्ने अवस्था आउँछ ।”

सूर्यविनायक नगरपालिकाको करिब रु १० लाख र अन्यको सहयोगमा ल्याइएको दुईवटा क्यामरालाई महानगरीय प्रहरी परिषरको कन्ट्रोल कक्षमा जडान गरी हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिँदै उहाँले सवारी नियम उल्लङ्घन गर्ने कोही पनि अब कारवाहीबाट भाग्नै नसक्ने दाबी गरे । रातिको समयमा समेत यसले सबै दृश्यहरु लिन सक्ने भएकाले तीव्र गतिमा आएका, दुर्घटना गराएर फरार रहेका कोहीले पनि कारवाहीबाट उन्मुक्ति पाउन नसक्ने दाबी उनले गरे । सडकमा जडान गरिएका क्यामराको प्रहरी परिसरे कन्ट्रोल कक्षबाट हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्रहरी उपरीक्षक प्रधानले यो क्यामराको दृश्यलाई यातायात कार्यालयसँग पनि जोडेर कारवाही गर्न सकिने र कुनै सवारीसाधनले दुर्घटना गराएर होस् वा ट्राफिक नियम उल्लङ्घन गरेर भागेमा अर्को दिन नियन्त्रणमा लिएर पनि कारवाही गर्न सकिने जानकारी दिए ।

अहिले सो खण्डमा प्रतिघण्टा ५० किलोमिटर गतिमा मात्रै सवारीसाधन चलाउन पाउने नियम रहेको छ । अबतीव्र गतिमा सवारी चलाउने कारवाहीमा पर्ने छन् तीव्र गतिमा गुडेका सवारीसाधनलाई अर्को स्टेशनमै प्रहरीले पक्राउ गर्न सक्नेछ ।

अपराध गरेर भागेका सवारीसाधनलाई पनि रेकर्ड हेरेर खोज्न सजह हुनेछ । यो रेकर्ड यातायात कार्यालयमा पनि जाने भएकाले जरिवाना नतिर्ने गल्ती गरेका सवारीसाधनलाई यातायात कार्यालयले डिजिटल रेकर्ड हेरेर सवारी अनुमतिपत्र र सवारी किताब (बिल बुक) नवीकरण र सवारी बिक्रीका बेलामा उसले नतिरेका जरिवाना असुल गर्न सक्नेछ । तर यसका लागि यातायात कार्यालयले त्यसको व्यवस्था गर्नुपर्नेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ३ : ५९ बजे

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा