चीनलगायत ५ देशबाट हुने उडानहरु रोक्न सर्वोच्चको आदेश « Khabarhub

चीनलगायत ५ देशबाट हुने उडानहरु रोक्न सर्वोच्चको आदेश


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले कोरोना भाइरसको उद्गम देश चीन तथा उच्च संक्रमण देखिएका दक्षिण कोरिया, जापान लगायतबाट सिधै तथा ट्रान्जिट भएर आउने उडानहरु रोक्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको इजलाशले चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि देशबाट सोझै तथा ट्रान्जिट भएर आउने उडानहरुमा रोक लगाउन भनेको हो ।

सर्वोच्चले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रुको स्वास्थ्य जाँचका लागि पनि पर्याप्त व्यवस्था गर्न पनि भनेको छ ।
‘कोरोना भाइरसक (कोभिड–१९) को गम्भीर संक्रमण फैलिएका देशहरु (चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि)बाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका अवस्था र परिस्थितिको गंभिरताको शुक्ष्म मूल्याङ्कन गरी आम जनताको स्वास्थ्य सम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाको लागि अन्तर्राष्ट्रिय ृडानमा रोक लगाउने…’ सर्वोच्चको आदेशमा भनिएको छ ।

सर्वोच्चले उच्च संक्रमण फैलिएका देशबाट आउने यात्रुलाई स्वास्थ्य परीक्षण बिना प्रवेशमा रोक लगाउने तथा शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्कार्ल आइसोलेशन वार्ड र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि सरकारका नाममा आदेश जारी गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : १४ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले