क्वारेन्टाइनबाट बिदाइ भएकाहरु भन्छन्- घर परिवारलाई भट्दैछौं, खुशीको सीमा छैन « Khabarhub

क्वारेन्टाइनबाट बिदाइ भएकाहरु भन्छन्- घर परिवारलाई भट्दैछौं, खुशीको सीमा छैन


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट उद्धार गरिएका नेपाली विद्यार्थीहरु दुई साताको क्वारेन्टाइनको निगरानीपछि आज घर फर्किएका छन् ।

क्वारेन्टाइनमा रहेका १ सय ७५ जनाको दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आज बिदाइ गरिएको हो ।

क्वारेन्टाइनमा १६ दिन बिताउनेमध्ये बिराटचोक मोरङका सौरभ लुइटेल लगायत सबै निकै खुशी बने । बिदाइ कार्यक्रममा पुगेका अभिभावकहरुमा पनि खुशीको सीमा थिएन ।

सौरभले भने, ‘चीनबाट फर्किएपछि पनि हामी पूर्ण रुपमा सुरक्षित महशुस गरिरहेका थिएनौं । क्वारेन्टाइनको वातावरण राम्रो भए रिपोर्ट के आउने हो भन्ने हामीमा सन्त्रास बाँकी नै थियो । जब दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्टमा सबैको नेगेटिभ आयो खुशीको सीमा रहेन ।’

उनले भने, ‘निरोगी भएर सकुशल घर फर्कन पाउँदा एकदमै खुसी लागेको छ ।’

लुइटेल यसै वर्ष स्नात्तकोत्तर अध्ययन गर्न चीनको वुहानको वाजोङ कृषि विश्वविद्यालयमा गएका थिए ।

जनकपुरका अशोककुमार साह पनि निकै खुशी देखिए ।

उनले भने, ‘जब दिउँसोतिर कन्ट्रोल रूमबाट घर जान तयार हुनुस् भन्ने खबर आयो। हामी सबै साथीहरू खुशीले फुरुङ्ग भयौं ।’

‘मनामा रहेको सन्त्रासबाट अब मुक्त भयौ’ साहले खबरहबसँग भने,‘अब घरका सबै सदस्यहरुलाई भेट्न पाइने भएको छ, खुशीको सीमा छैन ।’

वुहानमा उनी पिएचडी गर्दै थिए । आजबाट क्वारेन्टाइनको बसाइ सकिए पनि यो क्षण आफूलाई सधैंभर यादगार रहने उनले बताए ।

क्वारेन्टाइनमा रहेका १ सय ७५ जनामध्ये केहीलाई भने मंगलबार बिहान घर पठाइने भएको छ । काठमाडौं आसपास घर भएका र जान खोज्नेलाई आजै बिदाइ गरिएको छ भने केही भोलि मात्रै घर जानेछन् ।

सोमबार क्वारेन्टाइनमा रहेकाहरूलाई औपचारिक कार्यक्रम गरेर बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा अभिभावक पनि उपस्थित भएका थिए । उनीहरुले आफ्ना सन्तालाई भेट्न पाउँदा निकै खुशी बने ।

गत फागुन ४ गते चीनको कोरोना संक्रमित क्षेत्रबाट १ सय ७५ जना नेपालीलाई उद्दार गरेर नेपाल ल्याइएको थियो। उनीहरूको शनिबार अन्तिम कोरोना परीक्षण गरिएको थियो ।

वुहानमा नेपालीलाई उद्दार गर्न जाने विमानका पाइलटसहित १८ सदस्यलाई भने आइतबार नै नगरकोट क्वारेन्टाइनबाट घर पठाइएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : २३ बजे

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी