वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै « Khabarhub

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव यही चैत २५ देखि २७ गतेसम्म हुने भएको हो ।

सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार र लोपोन्मुख कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजसक समितिका अध्यक्ष अङ्गत राईले जानकारी दिए ।

महोत्सवमा मौलिक सांस्कृतिक नृत्य तथा झाँकी प्रदर्शन गरिनुका साथै कार्यक्रम अवधिभर कोशी टप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा चरा अवलोकन, रामधुनी मन्दिर दर्शन तथा बोराबाँधमा सूर्यास्त अवलोकन गराइने कार्यक्रम रहेको सहसंयोजक भविश श्रेष्ठले बताए ।

साँझको समयमा लाखे नाच र धान नाच प्रस्तुत गरिनेछ । महोत्सवको अन्तिम दिन चैत २७ गते आन्तरिक तथा बाह्य पर्यटकलाई वराहक्षेत्र मन्दिर दर्शन गराइनेछ । त्यसपछि बोराबाँधसम्म र्‍याफ्टिङ, जेट बोट, एटिभी राइडिङ, नौका सयर तथा बगर खेलकुदलगायत गतिविधि सञ्चालन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा नेपालका विभिन्न स्थान, भारतसहित तेस्रो मुलुकका पर्यटक तथा विशिष्ट अतिथिको सहभागिता रहनेछ । आगन्तुकहरूका लागि स्थानीय अर्गानिक परिकारको व्यवस्था गर्ने आयोजकले जनाएको छ ।

पर्यटन कार्यालय धरानका अधिकृत केशव फुयाँलले यस्ता कार्यक्रमले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै कोशी किनारको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ७ : ४७ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा