हात हल्लाएर मुस्कुराउँदै अस्पतालको वार्डमा प्रवेश गरे प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

हात हल्लाएर मुस्कुराउँदै अस्पतालको वार्डमा प्रवेश गरे प्रधानमन्त्री ओली


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल आइपुगेका छन् ।

प्रधानमन्त्री ओली केही बेर अगाडि (सोमबार अपराह्न ६ बजेपछि) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज आइपुगेका हुन् ।

औपचारिक प्रक्रिया पूरा गरेर प्रधानमन्त्री ओलीलाई भर्ना गरिने अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पताल पुगेका प्रधानमन्त्री ओली हात हल्लाउँदै अस्पतालको वार्ड प्रवेश गरेका छन् ।

अस्पताल अगाडि जम्मा भएका सुभेच्छुकप्रति अभिवादन गर्दै प्रधानमन्त्री ओली वार्डमा प्रवेश गरेका हुन् । यद्यपि उनले कुनै प्रतिक्रिया भने दिएनन् ।

अस्पताल भर्ना हुनु अगाडि एउटा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अस्पताल बसाइका क्रममा सरकारका तर्फबाट गरिनुपर्ने नियमित तथा भइपरी आउने कामका सन्दर्भमा निर्णय लिने गरी संयन्त्र तयार गरेर राखेको बताएका थिए ।

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदै छ । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने संग्रौला ज्ञवालीले मिर्गौला दान गर्दै छिन् ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने ज्ञवाली सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : २७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र