अदालत व्यवस्थापनबारे प्रशिक्षणमा सर्वोच्चका न्यायिक अधिकारीको सहभागिता  « Khabarhub

अदालत व्यवस्थापनबारे प्रशिक्षणमा सर्वोच्चका न्यायिक अधिकारीको सहभागिता 


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका ३० न्यायिक अधिकारीको पहिलो ब्याचले भारतको जोधपुर शहरस्थित नेशनल ल युनिभर्सिटिमा ७ दिने प्रशिक्षण शुरु गरेका छन् ।

सोमबारबाट उनीहरुले ‘मुद्दा मामिला तथा अदालत व्यवस्थापन’ बारे प्रशिक्षण शुरु गरेका हुन् ।

सर्वोच्च अदालतकै ३० न्यायिक अधिकारीको दोस्रो ब्याचले चैत्र १० देखि १६ गते सम्म सोही विषयमा प्रशिक्षण लिनेछन् । नेपाल सरकारको अनुरोधमा तयार पारिएकोे यो एक विशेष कोर्स हो ।

न्यायालयको प्रशासनमा सूचना र सञ्चार प्रविधिको प्रयोग तथा मुद्दा तथा अदालत व्यवस्थापन सम्बन्धि मामिलालाई प्रभावकारी ढङ्गबाट समाधान गर्न यो कोर्षले अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने दाबी गरिएको छ ।

भारत सरकारको पूर्ण सहयोगमा सञ्चालित रहेको यस कोर्स भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो ।

कानून सम्बन्धि सिकाई, बुझाई, अनुसन्धान तथा ज्ञानको विस्तारमा परिचित सो प्रतिष्ठित विश्वविद्यालयमा नेपाली अधिकारीले प्रशिक्षण लिइरहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ८ : ३४ बजे

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा