नेपाल–बंगलादेश वाणिज्य वार्ता मंगलबारबाट ढाकामा हुँदै « Khabarhub

नेपाल–बंगलादेश वाणिज्य वार्ता मंगलबारबाट ढाकामा हुँदै


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय संयन्त्रको पाँचौं बैठक मंगलबारददेखि ढाकामा हुँदैछ ।

बैठकमा भाग लिन वाणिज्य सचिव बैकुण्ठ अर्याल नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको छ ।

दुईदिनसम्म हुने उक्त बैठकमा नेपाल–बंगलादेश वाणिज्य, व्यापार, लगानीलगायत पारस्परिक व्यापार प्रवद्र्धनका सबै पक्षमा विचारविमर्श हुनेछ ।

बैठकमा द्विपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (बिप्पा) गर्ने बारेको प्रारम्भिक छलफलसमेत हुने बताइएको छ । बंगलादेशले नेपालसँग बिप्पा गर्न अभिमत व्यक्त गर्दै आएको छ ।

बैठकमा वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकाल, भन्सार विभाागका महानिर्देशक सुमन दाहाल, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक मदिना जोशी, साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलगायत सहभागी भएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : १७ बजे

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न