मछिन्द्र क्लब माईभ्याल्ली गोल्डकपको सेमिफाइनलमा प्रवेश « Khabarhub

मछिन्द्र क्लब माईभ्याल्ली गोल्डकपको सेमिफाइनलमा प्रवेश


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – मछिन्द्र फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको क्वाटरफाइनलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई टाइब्रेकरमा ५ – ३ गोल अन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनल पुगेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा मछिन्द्रका रञ्‍जित धिमाल, वुद्ध चेम्जोङ, विमल घर्ति मगर, दिनेश राजवंशी र देवेन्द्र तामाङले गोल गरे ।

गोर्खाका फोडे फोफाना, सन्जिब लामा र गौतम श्रेष्ठले गोल गरे । तर, हम्जातको प्रहार पोस्टमा लागेर फर्किदा गोर्खा क्वाटरफाइनलमै रोकिनु पर्यो ।

अब मछिन्द्रले सेमिफाइनलमा मानेभञ्ज्याङ एफसी दार्जिलिङसँग खेल्नेछ । १० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : २६ बजे

सरकार बिस्तारबारे गठबन्धनमा आज छलफल हुँदै 

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक 

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ

आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य

आज मंगलबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चैत १४ गते मंगलबारका

आज २०७९ साल चैत १४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत १४ गते मंगलबार। ज्योतिष