इमान्दारीपूर्वक काम गर्ने २१ ट्याक्सी चालक सम्मानित | Khabarhub Khabarhub

इमान्दारीपूर्वक काम गर्ने २१ ट्याक्सी चालक सम्मानित


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा राम्रो काम गर्ने २१ ट्याक्सी चालकलाई सम्मान गरेको छ ।

पछिल्लो समय उपत्यकामा ट्याक्सीले ठगी गरेको समाचार आइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज आव २०७६/०७७ मा राम्रो काम गर्ने चालकलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा युवराज रानामगर, यज्ञप्रसाद बराल, कुलबहादुर श्रेष्ठ, नन्दलाल नगरकोटी, सुनिल थापामगर, अवदेशकुमार झा, प्रविन तामाङ, सूर्यबहादुर तामाङ, कृष्णबहादुर खत्री, कृष्ण घिसिङ, नेत्रप्रसाद तामाङ, रामचन्द्र मोक्तान, रोयतबहादुर रोक्का, झम्क श्रेष्ठ, रिधबहादुर क्षेत्री, नवीन सिग्देल, तुलसीराम खनाल, विष्णु आले, नेत्रबहादुर मगर, मनि श्रेष्ठ र नीलहरि ढुङ्गेल रहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल भाडाका ट्याक्सीमा छुटेका नगद, गरगहना र महत्वपूर्ण सामान महाशाखामा ल्याएर सम्बन्धित धनीलाई बुझाउने चालकलाई सम्मान गरिएको बताए ।

“नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकले देखाएको इमान्दारिताले समाजमा अरू मान्छेलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत बनेको छ”, उनले भने ।

ट्राफिक क्षेत्रमा देखिएका समस्याको समाधानको मुख्य आधार नै चालक रहेकाले सडकलाई अनुशासित र मर्यादित बनाउन चालकको महत्वपूर्ण भूमिका रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले ट्राफिक प्रहरी र सवारी चालक दुस्मनका रुपमा नभई मित्रका रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सम्मानित भएका चालक नवीन सिग्देलले केही महिना अगाडि रु १० लाख ६६ हजार मूल्य बराबर पर्ने १३ तोला सुनको गहना र ल्यापटप सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए ।

चालू आवमा ट्याक्सीमा मात्र ३९५ वटा सामान छुटेको निवेदन महाशाखामा परेको थियो । ट्राफिक प्रहरीको सक्रियतामा रु एक करोड ४८ लाख ६० हजार ३६५ मूल्य बराबरका सामान २८० व्यक्तिलाई बुझाइसकेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : ४५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको